पौडेलको ‘मनको फोटोग्राफर’ सार्वजनिक


????????????????????????????????????

पोखरा । खेमलाल पौडेल विकासको मनको फोटोग्राफर विविध संग्रहको शनिवार सार्वजनिक भएको छ।

संग्रहको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीप तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संयुक्त रुपमा विमोचन गरे।

प्रमुख अतिथि समीपले लेखकको पहिलो कृतिबाट राम्रो लेख्न सक्ने आशा रहेको वताउँदै कवि भनेको प्रतिभा हो, उनले भने, कुशल कवि बन्न जाँगर र निरन्तर साधना चाहिने वताए ।

स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले लेखकले फोटोग्राफी जीवनमा भोगेका र आफूले पत्रकारितामा भोगेका अनुभव उस्तै उस्तै रहेको उल्लेख गर्दै सुन्दर सिर्जना नै समाजका लागि हितकार हुने बताए।

गुप्तेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक लालमणि पोखरेलले पुस्तकको समिक्षा गदै पुस्तकमा पहिलो कृति भएकोले केही कमि कमजोरी भएकोले सुधार गर्नुपर्ने वताउँदै कृति प्रकाशन गर्न कुनै पनि श्रष्टा हतारिनु नहुने बताए।

नवनीत साहित्य सागर पोखराका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रुपिन्द्र प्रभावी कटु, बालन एवम् कला संस्कृति प्रतिष्ठानका अध्यक्ष खगराज आचार्य, संघर्षमा कलमका अध्यक्ष कृष्ण रानाभाट सारथि, पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले शुभकामना व्यक्त गरेका थिए। बाल प्रतिभा अन्जना सुवेदीले कविता वाचन गरेकी थिइन्।

संस्थाका उपाध्यक्ष बद्रीनाथ पहारीको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम शर्माले गरेका थिए। सदस्य मेघनाथ पौडेलले कृतिकारको परिचय राखेका थिए।

१०८ पृष्ठको उक्त पुस्तकमा लेखकका सात कथा, २१ कविता, चार निबन्ध र १९ गीत समावेश रहेका छन्।