नेपाल ब्रिटेनले एघारौँ वार्षिकोत्सव मनाउँदै


लण्डन । नेपाली डायस्पोराको पुरानो र प्रतिष्ठित सञ्चार संस्था नेपाल ब्रिटेन डटकमले आफ्नो एघारौँ वार्षिकोत्सव आगामी  आइतवार एक भव्य कार्यक्रमका साथ मनाउँदै छ । विश्वभर छरिएको नेपाली डायस्पोरा र नेपालबीच सेतुको काम गर्ने उद्देश्यका साथ बेलायतबाट एघार वर्षअघि नेपालब्रिटेनडटकमको प्रकाशन सुरु भएको थियो । 

कार्यक्रमलाई सफल पार्न गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य रामशरण सिमखडाको संयोजकत्वमा एक उच्चस्तरिय समिति समेत गठन भएको थियो ।  कार्यक्रम संयोजक सिमखडाले, लण्डनस्थित ह्यारो फुटवल कल्वमा आयोजना बिहान १ बजे देखी शुरु हुने कार्यक्रमको तयारी पुरा भएको जानकारी दिए ।  

कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी, सांसद डा. सूर्य पाठक, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त लगायतलाई समेत आमन्त्रण गरिएको छ ।  विदेशमा रहेर मातृभूमिको लागि सहयोग गर्दै आएका १० जना समाजसेवीहरुलाई समेत उच्च सम्मान गर्ने तयारी गरिएको छ । 

पहिलो दिनदेखि नै यो आम प्रवासी नेपालीको भरपर्दो सञ्चार माध्यमका रूपमा लोकप्रिय रहँदै आएको छ ।कार्यक्रममा वेलायतस्थित बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहने नेपालब्रिटेन डट कमका सम्पादक चिरन शर्माले जनाए ।