प्रहरी नायव निरिक्षक पौडेलको विदाई


पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले आइतबार एक कार्यक्रमको आयोजना गरी प्रहरी नायव निरिक्षक पदमा वढुवा भएका टंकप्रसाद पौडेललाई बिदाई गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले केन्द्रमा रहुन्जेल अत्यन्तै सह्रानिय कार्य गरेको वताउँदै जहाँ गए पनि जनतासंगै मिलेर कार्य गर्न सुझाव दिएका थिए ।

साथै उनले प्रहरी प्रधान कार्यालय काठमाडौंबाट सरुवा भई केन्द्रमा आएका प्रहरी सहायक निरिक्षक भिष्म पाण्डे र जिल्ला प्रहरी कार्यालय कास्कीबाट केन्द्रमा आएका प्रहरी जवान त्रिलोचन पोख्रेललाई स्वागत गरेका थिए ।

केन्द्रमा कार्यरत प्रहरी सहायक निरिक्षक टंकप्रसाद पौडेल गत जेठमा प्रहरी नायब निरिक्षक पदमा बढुवा भई जिल्ला प्रहरी कार्यालय मनाङमा सरुवा भएकोमा उनलाई बिदाई गरिएको थियो ।

कार्यक्रममा प्रनानि टंकप्रसाद पौडेलले अहिलेको परिवेशमा नेपालमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न प्रहरी जनतासंगै हालेमालो गरेर अगाडि वढ्नु पर्ने अपरिहार्यता रहेको वताए ।

सितलज्योति यूवा क्लव पोखरा १२ का अध्यक्ष सन्तोष गुरुङले प्रहरी जनताको सहयोगी भएकोले संघसंस्थाहरुले एकआपसमा मिलेर कार्य गर्नुपर्ने वताए ।

सामुदायिक सेवा केन्द्र माटेपानीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रका उपाध्यक्ष बलबहादुर कार्कीले र कार्यक्रम संचालन सचिव मिरादेवी आचार्यले गरेकी थिईन् ।