नौलो घुम्ती नेपालका सेवार्थीले सामुहिक जन्मदिवस मनाए


पोखरा । लागु औषध वेच विखन तथा ओसारपसार विरुद्ध दिवसको अवसरमा पोखरा १७ सितापाईलामा अवस्थित नौलो घुम्ती नेपालको परामर्श, उपचार तथा पुनःस्थापना केन्द्रमा सामुहिक जन्मोत्सव मनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले उद्धाटन गर्दै वडा नं. १७ लाई लागु औंषध मुक्त वडा वनाउन संघसंस्थाहरु संगै मिलेर कार्य गर्ने वताए ।

उनले त्यसको प्रारम्भिक कार्य अन्र्तगत समिति बनाइ सकिएको र लागु औषध प्रयोग कर्ताको उपचारमा कार्य गरिरहेका संघसंस्थाहरुसंग सुझाव संकलन कार्यलाई तिव्र पारिएको बताए ।

सो अवसरमा कैलालीका राम रजक, वुटबलका अमृत खड्का, पर्सा, विरगंजका श्याम लामा, कास्कीका अमृता रसाईली, लोकराज अधिकारी, सुभाष कडेंल लगाएतले कुनै समय लागू पदार्थको लतमा लागेर जीवन बर्बाद हुन लागेको समयमा नौलो घुम्ती नेपालले पुनर्जीवन दिएको बताएका थिए ।

नौलो घुम्ती नेपालका अध्यक्ष खड्गबहादुर रानाभाटले पुनःस्थापना केन्द्रबाट रिकभरीहरुको पुनस्थापित जिवनको दिगोपनालाई निरन्तरता दिनकोलागि उत्प्रेरणा दिने कार्यक्रमको उद्धेश्य रहेको वताए ।

साथै उनले समाजमा अर्थपुर्ण, गुणस्तरिय जिवनयापन गरिरहेकाहरुलाई सम्मान गर्न, लागु औंषध प्रयोगकर्ताहरुलाई हौसला तथा प्रेरणा प्रदान गर्दै लागु औंषध प्रयोग कर्ताहरुको उपचार सम्भव छ भन्ने कुरा समाजमा फैलाउन पनि कार्यक्रमले सहयोग पु¥याउने वताए।

नौलो घुम्ती नेपालका अध्यक्ष खड्गबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा परामर्श, उपचार तथा पुनस्थापना केन्द्रकी कार्यक्रम संयोजक मना ज्ञवालीले स्वागत र कार्यक्रम संचालन परामर्शदाता केशवराम श्रेष्ठले गरेका थिए ।