चिल्ड्रेन नेपालको सातौ अधिबेशन सम्पन्न, अध्यक्षमा भिमलाल गुरुङ चयन


राजाराम पौडेल,पोखरा – चिल्ड्रेन नेपालको २२ औ साधारण सभा तथा सातौ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले भिमलाल गुरुङको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको सदस्यमा सावित्री नेपाली, शान्त पौडेल, विजय कुमार कार्की, वावुराम पौडेल, ई.जयन्द्र भट्टराई, राधा देवि हर्मा, टेक बहादुर रसायली रहेका छन् । यसैगरी निवर्तमान अध्यक्ष राम बहादुर थापा पदेन सदस्य रहने छन् । अधिबत्ता कमल अर्यालको संयोजकत्वमा धनेश्वर रखाल र गंगा पराजुलि रहेको तीन सदस्यिय निर्वाचन मण्डलले नयाँ नेतृत्व चयन गरेको हो ।

नेतृत्व चयन भए पश्चात नव निर्वाचित अध्यक्ष भिमलाल गुरुङ्गले सँस्थामा उपलब्ध स्रोत साधन र भौतिक पुर्वाधारको उच्चतम उपयोगबाट स्रोत आर्जन गरि सँस्थालाई आगामि दिनमा स्रोत सँस्थाको रुपमा परिचित गराउने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष गुरुङ चिल्ड्रेन नेपालका सँस्थापक उपाध्यक्ष हुन् । उनीसँग उच्च माध्यमिक शिक्षा परिषदको सदस्य सचिव भएर काम गरेको अनुभव समेत छ ।

अधिवेशनमा कार्यकारी निर्देशक तथा सँस्थापक अध्यक्ष रामचन्द्र पौडेल र शान्ता प्यासी, शंकर बहादुर गौतम लगायतले नयाँ नेतृत्वलाई सफल कार्यकालको लागि शुुभकामना दिएका थिए ।

यसअघि अन्नपूर्ण गाउपालिका वडा नम्बर १,लेवाडे कास्कीमा आयोजित २२ औ साधारण सभा तथा सातौ अधिबेशन राम बहादुर थापाको अध्यक्षतामा भएको थियो । अधिवेशनमा सँस्थाको बार्षिक प्रगति प्रतिबेदन, अर्थिक प्रतिबेदन तथा बजेट प्रस्तुत गरियो । बार्षिक प्रगति प्रतिबेदन सँस्थाका महासचिव विजय कुमार कार्की आर्थिक प्रतिबेदन सँस्थाका कोषाध्यक्ष शान्त पौडेलले सभा समक्ष प्रस्तुत गरेका थिए । दुबै प्रतिबेदन सभाबाट छलफल सहित पारित भयो ।