शहिद हरिप्रसाद स्कुलमा भित्तेपत्रिका प्रकाशन तालिम


पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ खोरामुखमा रहेको शहिद हरिप्रसाद आधारभुत विद्यालयमा वाल क्लबहरुलाई भित्तेपत्रिका प्रकाशन तालिम आईतबार सम्पन्न भयो ।

नौलो घुम्ती नेपालको आयोजना तथा गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा भएको सो तालिममा वराह मा.वि. भेंडाबारी र बाराही आ.वि. ल्वाङका शिक्षक र वाल क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण पत्रकार कृष्ण रानाभाट तथा नौलो घुम्ती नेपालका सामाजिक परिचालक बलबहादुर केसीले गरेका थिए ।

सो अवसरमा वराह मा.वि. भेंडाबारीका शिक्षक एकनारायण अधिकारी, शहिद हरिप्रसाद आधारभुत विद्यालयकी सहायक प्रधानाध्यापक कमला लम्साल र बाराही आ.वि. ल्वाङका शिक्षक झपेन्द्र सापकोटाले तालिमको महत्वको वारेमा वोलेका थिए ।