बिश्वकपमा बेल्जियमको शानदार सुरुवात, ३-० ले बिजयी


मस्को /बिश्वकप फुटबलमा बेल्जियमले शानदार सुरुवात गरेको छ। समूह जीमा रहेको पानामामाथि ३–० गोलले बिजयी हुँदै बेल्जियमले शानदार सुरुवात गरेको हो।जितका लागि बेल्जियमका रोमेलु लुकाकुको दुई गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको बेल्जियमले दोस्रो हाफको सुरुमा नै अग्रता लियो । दोस्रो हाफको दोश्रो मिनेटमै मेर्टेन्सले गोल गरेपछि बेल्जियमले खेलमा अग्रता लिएको थियो। तत:पश्चात बेल्जियमका लुकाकुले लगातार दुई गोल गरेर बेल्जियमको जीत सुनिश्चित गरेका थिए।

उनले खेलको ६९ औं र ७५ औं मिनेटमा टोलीका लागि गोल गरेका थिए। खेलमा उनलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।