पोखरा ९ का बाल क्लबहरुको क्षमता अभिबृद्दी कार्यक्रम


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ भित्र गठन भएका बाल क्लबहरुको क्षमता वृद्धि कार्यक्रम शनिबार सम्पन्न भयो ।

सो अबसरमा बाल हितकारी परियोजनाको प्राबिधिक सहयोगमा भएको कार्यक्रमको वडा अध्यक्ष रामराज लामिछानेले टिसर्टमा लेखिएको ‘समृद्ध पोखरालेखनाथको आधार, घरघरमा वालमैत्री व्यवहार’ भन्ने नारा पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले वडालाई वाल मैत्री वडा बनाउन कुनै पनि कसर वाँकी नराख्ने वताउँदै वालवालिकाहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिने वताए ।

सो अवसरमा वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत तथा स्थानिय २ सयभन्दा बढी वालवालिकाहरुको सहभागिता रहेको थियो भने उनिहरुलाई सिकाइ कुना अन्तरगत वाल बैंक÷बाल बिकास खजाना, फलफूल पसल, किराना पसल आदि संचालन गरि उनिहरुको क्षमता परिक्षण गरिएको थियो ।

वडासचिव लोकदर्शन कोइराला, वडा सदस्यहरु राममाया मानन्धर र गीता नेपाली, वालवालिकाका अभिभावकहरु सहभागी भएका थिए ।

सिडब्लुएसएनकी प्रोटेक्सन एण्ड डेभलपमेन्ट प्रोग्रामको कोअर्डिनेटर निमा गुरुङले तालिमले बालबालिकाको व्यबहारमा परिबर्तन गर्नुका साथै उनिहरुलाई बाताबरण मैत्री बनाउन सहयोग गर्ने वताइन् ।

वडा अध्यक्ष रामराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सिडब्लुएसएनका सुर्यबहादुर भण्डारीले र स्थानीय बालमैत्री शासन वडा नं. ९ की कार्यसमिति सदस्य मुना बास्तोलाले स्वागत गरेका थिए ।