सेन्ट्रल गार्डेनको निःशुल्क प्राविधिक शिक्षा कार्यक्रम


पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनले न्यून आय भएका विद्यार्थीलाई आधारभूत कम्प्युटर, नेतृत्व विकास र उद्घोषण तालिम सञ्चालन गर्ने भएको छ ।

डिस्ट्रिक्ट गभर्नरको यो वर्षको पढाऔं अभियान र क्लबको वार्षिक कार्यक्रमका रूपमा विपन्नलाई प्राविधिक शिक्षा क्लबले हरेक वर्ष सञ्चालन गर्न लागेको अध्यक्ष हरिबहादुर भाटले जानकारी दिए ।

गण्डकी हाई–टेक भोकेशनल टेडिङसँगको प्राविधिक सहकार्यमा गर्न लागिएको कार्यक्रममा २५ विद्यार्थीलाई तालिम प्रदायक संस्थाले सहयोग गर्ने र अन्य विद्यार्थीलाई क्लबका पदाधिकारी तथा शुभेच्छुकको सहयोगबाट कार्यक्रम सञ्चालन गर्न लागेको इलेक्टेड प्रेसिडेन्ट कृष्णबहादुर रानाभाटले जानकारी दिए ।

सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक योग्यता र समावेशीताका आधारमा छनौट गरिने उक्त कार्यक्रम सम्पन्न गर्न झण्डै सात लाख रुपैयाँ खर्च लाग्ने क्लबका कोषाध्यक्ष आनन्द पौडेलले बताए ।

कार्यक्रममा सहभागी हुने भाइबहिनीले पृथ्वीनारायण क्याम्पस अगाडि बगरमा रहेको गण्डकी हाईटेक प्रा.लि.पुगेर विस्तृत जानकारी लिन सक्ने क्लबका एजुकेसनल डाइरेक्टर सुनिल सुवेदीले आग्रह गरेका छन् ।

कम्प्युटर सेन्टरका प्रबन्धक अनु बरालले समाजसेवाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको लायन्स क्लबसँगको सहकार्यले दुवैलाई नयाँ उचाइमा पु¥याउनेमा आफु विश्वस्त रहेको धारणा व्यक्त गरिन् ।