अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकीको अध्यक्षमा बाबा


पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको दोस्रो अधिवेशन पोखरामा शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र के.सी., सचिवमा असफल गौतम, कोषाध्यक्षमा दुर्गा न्यौपाने रहेका छन् ।

यसैगरी सदस्यमाडा. कालु शर्मा सुवेदी, रविन्द्र माकाजु, कल्याण पन्त, सागर शाह, गोमा ढकाल, कृष्ण रानाभाट सारथि, गिता तिवारी गौतम र रहेका छन् ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै डा. कालु शर्मा सुवेदीले साहित्य सबैका लागि उच्च दर्जाको थेरापी भएको धारणा व्यक्त गरे । नवनिर्वाचित अध्यक्षले आगामी कार्यकालमा अनेसासलाई थप उचाइमा पु¥याउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।