गणतन्त्र दिवसमा रेडक्रस भलामको रक्तदान


पोखरा । गणतन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पोखरा लेखनाथ २० भलाम उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमको रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री उर्मिला खड्काले पहिलो रक्तदाता चुडामणी पौडेललाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडा नं. २० का अध्यक्ष सिम गुरुङ, वडा सदस्यहरु लक्ष्मी सुवेदी र भिमप्रसाद वास्तोला लगाएतले रक्तदान महत्वको वारेमा वोलेका थिए । रक्तदान कार्यक्रमलाई सृजनसिल युवा क्लब, सृजनसिल आमा समुह, लायन्स क्लब अफ पोखरा लेक भ्याली लगाएतले सहयोग गरेका थिए ।

उपशाखा सभापति इश्वरीप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य सुर्यबहादुर थापाले र संचालन सचिव सुवास सुवेदीले गरेका थिए ।