भाट समाज कास्कीको पाँचौ अधिबेशन सम्पन्न


पोखरा । रानाभाट भाट समाज कास्की जिल्ला समितिको पाँचौ अधिबेशन शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले रमेश बहादुर रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा श्रीधर रानाभाट, उपाध्यक्षमा क्या. हाेमबहादुर रानाभाट र कृष्णबहादुर रानाभाट, सचिवमा रुद्र रानाभाट, सहसचिवमा सुर्य बहादुर रानाभाट, कोषाध्यक्षमा कुलबहादुर रानाभाट, सहकाेषाध्यक्ष तेजबहादुर रानाभाटलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरूमा रामबहादुर रानाभाट, सुर्यबहादुर रानाभाट, कुमारी राईभाट, शान्ति रानाभाट, विष्णु रानाभाट, श्रीबहादुर रानाभाट, जीवन रानाभाट, भिमबहादुर रानाभाट र बलबहादुर रानाभाट चयन भएका छन् ।

अधिबेशनको समाजका केन्द्रिय अध्यक्ष बाबुराम रानाभाटले उद्घाटन गर्दै भाटहरुको ईतिहास खोजी अन्तिम चरणमा पुगेको वताएका छन् । नयाँ संविधानमा भाट जातीलाई सुचिकृत नगरेकोमा खेद प्रकट गर्दै आगामी दिनमा त्यो कार्यलाई अगाडी बढाउने समेत वताएका छन् ।

कार्यक्रममा फिस्टेल ऐकेडेमिको तर्फबाट भाटवन्धुका छोराछोरीहरुलाई शिक्षा क्षेत्र सहयोग गर्ने उद्देश्यले रु ५५ हजारको फिष्टेल एकेडेमी अक्षयकोष स्थापना गरिएको जानकारी केन्द्रिय सल्लाहकार चिनु रानाभाटले वताए ।

सो अबसरमा केन्द्रिय सचीव शंकर रानाभाट, पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष श्रीबहादुर रानाभाट, केन्द्रिय सल्लाहकार चिनु रानाभाट, भबन निर्माण तथा अर्थ संकलन समितिका अध्यक्ष ठाकुरप्रसाद रानाभाट, पबित्र बचत तथा ऋण सहकारी अध्यक्ष शिवबहादुर रानाभाट, भवन निर्माणको लागि जग्गादाता ओमबहादुर बन्जराभाट, इकाईहरुको तर्फबाट लेखनाथ २६ इकाईका अध्यक्ष नरेश बन्जराभाट लगाएतले बोलेका थिए ।

पोखरा लेखनाथ-२६ मा निर्माणाधिन भवनका लागी नयाँ सदस्य रामबहादुर रानाभाटले १० हजार सहयोग अर्थ संकलन समितिलाई हस्तान्तरण गरेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रममा जग्गादाता तथा बिभिन्न सहयोग दाताहरुलाई सम्मान समेत गरिएको थियो ।