उद्यमशीलता विकास अभिमुखकिरण तथा वुट क्याम्प सम्पन्न


पोखरा । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखरा शाखाको आयोजनामा संचालन भएको उद्यमशीलता विकास अभिमुखीकरण तथा उद्यमशीलता विकास वुट क्याम्प शनिबार सम्पन्न भएको छ ।

उद्यमी वन्न इच्छुक युवाहरुलाई उद्यमशीलताको वारेमा जानकारी गराउने उद्धेश्यले जेठ २ देखि ४ गतेसम्म उद्यमशीलता विकास अभिमुखीकरण तालिम र जेठ ५ गतेदेखि १२ गतेसम्म उद्यम गर्ने सोच भएकाहरुलाई उद्यमशीलता विकास बुट क्याम्प कार्यक्रम संचालन गरिएको वरिष्ठ व्यवसाय प्रबर्धन अधिकृत तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखरा शाखाका कार्यालय प्रमुख रामप्रसाद तिवारीले वताए ।

उनले वुट क्याम्पमा सहभागी २४ जनाबाट प्रतिव्यक्ति ३ लाखको लगानी प्रतिवद्धता आएको र उनिहरुले संचालन गर्ने उद्यमबाट कम्तिमा ५० जनाले रोजगारी पाउने वताए ।

कार्यलय प्रमुख रामप्रसाद तिवारी तथा व्यवसाय प्रबर्धन अधिकृत विरेन्द्र वैद्यले तालिमको सहजीकरण गरेका थिए ।

तालिममा सहभागीहरु तर्फबाट श्रीदेबी सुनार र शिव नारायण मानन्धरले वोल्दै तालिमबाट उनिहरुमा भएको सोच लाई व्यवसायमा रुपान्तरण गरी आत्मनिर्भर हुन धेरै कुरा जानकारी मिलेको वताए ।

सहभागिहरुलाई कार्यलय प्रमुख रामप्रसाद तिवारी, वरिष्ठ वित्त अधिकृत मणिराम गौतमले प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रम संचालन भक्तराज रसाइलीले गरेका थिए ।