फेवा वेगनासको स्पोन्सरमा लायन्स क्लब अफ खैरेनीटार गठन


राजाराम पौडेल, पोखरा – लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको पहिलो स्पोन्सर क्लबको रुपमा लायन्स क्लब अफ खैरेनीटार गठन भएको छ । तनहुँको खैरनीटारमा लायन्स क्लब ३२५ वी वान नेपालका इलेक्टेड डिस्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी नवगठित क्ल्बको बारेमा जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले सामाजिक क्षेत्रमा कार्य गरेर मात्र जीवनमा सन्तुष्टि प्राप्त गर्न सकिने हुँदा सबै जना लायन्स क्लबमा आवद्ध हुनुपर्नेमा जोड दिए । श्रेष्ठले नयाँ क्लबमा आवद्ध बनेका सदस्यहरुलाई लायन्सको बारेमा प्रशिक्षण समेत दिएका थिए ।

समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा गठन गरिएको क्लबको प्रथम उपाध्यक्षमा सुजित हिराचन, द्वितीय उपाध्यक्षमा राजबहादुर थापा, तृतीय उपाध्यक्षमा पूर्णबहादुर कायस्थ र सचिवमा उपेन्द्र तिम्सिना रहेका छन् । यसैगरी सह–सचिवमा प्रमोद लामिछाने, कोषाध्यक्षमा पिताम्बर तिम्सिना र सहकोषाध्यक्षमा अमृत घिमिरे, टेमरमा गिर बहादुर थापा,टेल ट्वीस्टर श्रीराम सुवेदी, पब्लिक रिसोर्स पर्सनमा अर्जुन सापकोटा, डाईरेक्टरमा अमृत कायस्थ, बुद्धिकुमार श्रेष्ठ, बुद्धिबहादुर विक, खिमलाल गिरी र सुरेन्द्र श्रेष्ठ चयन भए ।

पोखरा फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष तथा लायन वर्ष १८/१९ का इलेक्टेड जोन चियर पर्सन सन्तोष घिमिरे कार्यक्रममा सहजीकरण गरेका थिए ।
कार्यक्रममा लायन वर्ष १८/१९ का इलेक्टेड डेपुटी डिपार्ट मेन्ट चिफ बालकृष्ण बराल, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका इलेक्टेड प्रेसिडेन्ट जितबहादुर थापा (गोपाल),फेवा वेगनास चौतारीका इलेक्टेड तृतीय उपाध्यक्ष महेश्वर रिमाल लगायत बोलेका थिए । पोखरा फेवा वेगनास चौतारीका इलेक्टेड प्रेसिडेन्ट विधान गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पोखरा फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष सन्तोष घिमिरेले गरेका थिए । आफ्नै पहलमा खैरनीटारमा लायन्स क्लब गठन गरिएकोले क्लबलाई डिष्ट्रिकमा चिनाउन आफ्नो तर्फबाट सम्पुर्ण सहयोग हुने घिमिरेको प्रतिवद्धता थियो ।