क्याम्पसमा एक दिवसीय वर्डप्रेस सम्बन्धि कार्यशाला


पोखरा । वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस तथा ब्लगिङ्ग सम्बन्धि एक दिवसीय कार्यशाला माउण्ट अन्नपूर्ण क्याम्पस फूलबारी पोखरामा बिहीबार सम्पन्न भयो ।

कार्यशालामा वर्डप्रेसबाट कसरी ब्लगिङ्ग वेवसाइट निर्माण गर्ने भन्ने विषयमा स्केनसफ्ट विल्डर्सका डेभलपर्सद्धय अनिष उप्रेती र नविन आचार्यले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा माउण्ट अन्नपूर्ण क्याम्पसका कोर्डिनेटर भेषबहादुर थापाले विद्यार्थीहरुलाई शैक्षिक पाठ्यक्रमका साथै अतिरिक्त पठनपाठनमा जोड दिने बताउदै वर्डप्रेस पोखरालाई धन्यवाद दिनुभयो र निरन्तर रुपमा वर्डप्रेस सम्बन्धि कार्यक्रमहरु आयोजना गरिदिन अनुरोध गर्नुभयो ।

वर्डप्रेस पोखराका पितमबहादुर सेनले वर्डप्रेसको महत्वबारे जानकारी गराउदै वर्डप्रेसबाट कसरी भविष्य बनाउन सकिन्छ भन्ने विषयमा बोल्नुभएको थियो ।

कार्यक्रम समापन समारोहमा प्रशिक्षार्थीहरु श्रेया शर्मा र जया पुर्जा मगरले कार्यशाला निकै प्रभावकारी रहेको बताए ।

सो कार्यशालामा माउण्ट अन्नपूर्ण क्याम्पसमा बिएससी सिएसआइटी दोस्रो सेमेष्टरमा अध्ययनरत ३४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।