समर्थकको भीडले प्रज्ञा भवनमा श्रीकृष्णको शवलाई राक्न नसके पछि आर्यघाट तर्फ लगिँदै


काठमाडौं साउन,२६-
नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान अन्तिम श्रद्धाञ्जलीका लागि लगीए पनि शुभेच्छुकहरूको अत्याधिक भीडले गर्दा सिधै पशुपति आर्यघाट तर्फ लगिएको छ ।
भिड व्यवस्थापन गर्न नसकिएपछि नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा नराखी आर्यघाट तर्फ लगिएको लगिएको हो ।

Shreekrishna-death-rituals-4
विमानस्थलबाट तीनकुने, नयाँ वानेश्वर, माइतीघर, शहीदगेट, रानीपोखरी हुँदै प्रज्ञाभवन पुगेर उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राख्ने बताइएको थियो ।प्रज्ञा भवन परिसर खचाखच भरिसकेको थियो भने सञ्चारमन्त्रीसहित विभिन्न दलका नेता, कलाकारहरु पनि पुगिसकेका थिए ।

तर प्रहरीले श्रेष्ठको पार्थिव शरीर रहेको गाडीलाई भित्र लैजाने प्रयास गरेपनि सफल भएन ।  गाडीबाट श्रेष्ठको पार्थिव शरीरलाई निकाल्न नसकिएपछि सिधै पशुपति तर्फ लगिएको छ । अब पशुपति आर्यघाटमा नै अन्तिम श्रद्धान्जली दिइनेछ ।
उपचारका क्रममा भारतमा निधन भएका लोकपि्रय नायक श्रीकृष्ण श्रेष्ठको शव दिउँसो काठमाडौं ल्याइएको थियो ।