दोश्रो आमन्त्रित राष्ट्रिय टेबुलटेनिसको उपाधि काठमाण्डौंलाई


पोखरा । बैशाखको अन्तिम साता पोखरामा सम्पन्न ‘‘दोश्रो राष्ट्रिय आमन्त्रित टेबुलटेनिस प्रतियोगिता–२०७५’’ को उपाधि काठमाण्डौले जितेको छ ।

विहिबार र शुक्रबार भएको खेलमा काठमाडौंका मारिया थापामगर र आभास चौलागाई मिक्स डबल्समा, सोनु थापामगर र शुस्मिता थापामगर महिला डबल्स र सोनु थापामगर महिला एकलमा प्रथम स्थान हासिल गरी उपाधि जित्न सफल भएको छ ।

त्यस्तै सुनसरीका पुरुष एकलमा प्रतिक थापाले प्रथम स्थान र गणेश तामाङ र प्रतिक थापाको जोडिले पुरुष डबल्समा दोश्रो स्थान हासिल प्रतियोगितामा दोश्रो हुन सफल भएको छ । ललितपुरका संयोङ कपाली र अभिषेक खड्काले पुरुष डबल्समा प्रथम साथै संयोग कपाली र वियन्का राईको जोडी मिक्सड् डबल्समा दोश्रो भई तेश्रो स्थान प्राप्त गरेको थियो ।

यसै गरी मिक्स डबल्समा काठमाण्डाको मारिया थापा र अभिनास चौलागाइको जोडि प्रथम, ललितपुरको सन्योग कपाली र वियनका राईको जोडी दोश्रो र भक्तपुरको मञ्जु सुवाल र रोशन खैन्तु तथा अन्जु सुवाल र रविन शादाको जोडी तृतिय स्थान हासिल गरेका थिए ।

उत्कृष्ठ पुरुष खेलाडीतर्फ रुपन्देहीका गोविन्द कौशल र उत्कृष्ठ महिला खेलाडि तर्फ वियन्का राई भएका छन् । उनिहरुलाई ट्रफि प्रदान गरिएको थियो ।

पुरुष डबल्स तर्फ ललितपुरका संयोग कपाली र अभिषेक खड्काले पुरुष डबल्समा प्रथम, गणेश तामाङ र प्रतिक थापाको जोडिले पुरुष डबल्समा दोश्रो र रुपन्देहीका गोविन्द कौशल र प्रतिक राना तथा काठमाण्डौका अंकित दागी र आभाश चौँलागाईको जोडि तृतिय भएका थिए ।

त्यस्तै महिला डबल्स तर्फ काठमाण्डौका सोनु थापामगर र शुस्मिता खड्का प्रथम, भक्तपुरका अन्जु सुवाल र मञ्जु सुवाल दोश्रो, रुपन्देहीको विनिता राना र प्रतिमा खरालको जोडि र कास्कीको सुजता पौडेल र पार्वती श्रेष्ठको जोडि तेश्रो भएका छन् ।

प्रतियोगितामा महिला एकल तर्फ काठमाण्डौकी सोनु थापामगर प्रथम, भक्तपुरकी अन्जु सुवाल दोश्रो र शुस्मिता खड्का तृतिय भएका थिए । भने पुरुष एकल तर्फ सुनसरीका प्रतिक थापा प्रथम र गणेश तामाङ दोश्रो र भक्तपुरका रविन खड्का र रोशनी खैंतु तृतिय भएका थिए

प्रतियोगितामा बुटवल, धरान, काठमाण्डौ, कास्की, चितवन, भक्तपुर, ललितपुर र वाग्लुङ लगायतका खेलाडीहरुको सहभागिता रहेको थियो ।

विजेता खेलाडिहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, कास्की जिल्ला टेबुलटेनिस संघका सल्लाहकारद्धय रमाकान्त वराल र बाबुराम पन्त लगाएतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न अखिल नेपाल टेबुलटेनिस संघ, केन्द्रिय कार्यालय, काठमाण्डौ, जिल्ला खेलकुद विकास समिति कास्की र पोखरालेखनाथ महानगरपालिकाको विशेष सहयोग, स्टेप वाई स्टेप मावि, ग्लोबल कलिजियट मावि, सगरमाथा निकेतन स्कुल, कास्की मोर्डनाईज्ड एकेडेमी, सृजना वोर्डिङ स्कुल, हिल प्वाइन्ट मावि, शान्ति निकुन्ज मावि, हिमाञ्चल मावि, वालोदय मावि, न्यु ग्यालेक्सी मावि, पोखरा उच्च मावी, टप्स वोर्डिङ स्कुल, लक्ष्मी आदर्श मावि, गण्डकी एजुकेशन फाउण्डेसन लगाएत विभिन्न संघसंस्थाले सहयोग गरेका थिए ।

संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष निर्मला वराल र संचालन सचिव फणिन्द्र तिमिल्सिनाले गरेका थिए ।