प्रदेश ४ संसदीय पत्रकार मञ्चको अध्यक्षमा लालप्रसाद शर्मा


पोखरा – प्रदेश नम्बर ४ को संसदीय पत्रकार मञ्चको अध्यक्षमा लालप्रसाद शर्मा चयन भएका छन् ।

संसदिय पत्रकारिता गर्न सुरु गरेका पत्रकारहरुको एक भेलाले शर्माको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । शर्मा कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध रहेका छन् ।

आज (बुधबार) पोखरामा भएको उक्त भेलाबाट उपाध्यक्षमा दी हिमालयन टाइम्समा आवद्ध भरत कोइराला, सचिबमा नागरिक दैनिकमा आवद्ध रहेका बिशन क्षेत्री, कोषाध्यक्षमा नयाँ पत्रीकामा आवद्ध रहेका रोहितराज पराजुली, सहसचिबमा समाधान दैनिकमा आवद्ध रहेका अमृत सुबेदी चयन भएका हुन ।

त्यसैगरी सदस्यहरुमा इमेज टेलिभिजनमा आवद्ध रहेका प्रदीप पौडेल, गण्डकी टेलिभिजनमा आवद्ध रहेकी उमा आले, सबैको आवाज साप्ताहिमा आवद्ध रहेकी तारा चापागाईं, एपि वान टिभिमा आवद्ध रहेका सागरराज तिमिल्सिना, आदर्श समाजमा आवद्ध रहेका प्रकाश ढकाल र फोटो पत्रकार युनिश गुरुङ चयन भएका हुन ।

अध्यक्ष शर्माले मंचको विधान वनाउने, सस्था दर्ता तथा ६ महिनाभित्रमा अधिवेशन सम्पन्न गरि सक्ने र संसदीय पत्रकारिता गर्ने पत्रकारहरुको हकहितको लागि आवाज उठाउने बताए ।