एक हप्ते गुडिया बनाउने तालीम सम्पन्न


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ को सहयोग तथा दलित महिला समिति पोखरा ९ को आयोजनामा एक हप्ते गुडिया बनाउने तालिम सम्पन्न भयो ।

कार्यक्रममा वडा अध्यक्ष रामराज लामिछाने, वडा सचीव लोकदर्शन कोइराला, वडा सदस्यहरु राममाया मानन्धर र नन्दुराम गिरि, महिला समन्वय समितिकी उपाध्यक्ष मिना बास्तोला, प्रशिक्षक सत्या श्रेष्ठ, दरबारथोक एड्भरटाईजिङ एजेन्सीका संचालक कृष्ण रानाभाट, सहभागी दुर्गा बिक, लगाएतले तालीम लिएर आय आर्जन हुने कार्य गर्नुपर्ने वताएका थिए ।

तालीममा ३० जना सहभागी भएका थिए भने प्रशिक्षक सत्या श्रेष्ठले प्रशिक्षण दिएका थिए । सो अबसरमा सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र बितरण गरिएको थियो । दलित महिलालाई आय आर्जनमा सहयोग पु¥याउने उद्देश्यले उनीहरुको क्षमता बढाउन तालीम दिइएको वडा सदस्य गीता नेपालीले बताइन् ।

वडा सदस्य गीता नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रविना विकले र कार्यक्रम संचालन शान्ता दवाडीले गरेकी थिइन् ।