नियूक्तिपत्र लिनु अस्तित्वको लडाई : सामाजिक परिचालक


पोखरा – नेपाल सामाजिक परिचालक कर्मचारी संघ कास्कीले पोखरा लेखनाथ महानगरपालिकाबाट नियूक्तिपत्र लिनु अस्तित्वको लडाई  भएको बताएका छन् । पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आफुहरुले नौ वर्षदेखिको कामको मुल्याङकन खोजिएको बताए ।

सामाजिक परिचालक कर्मचारी संघ कास्कीका अध्यक्ष सरिता के.सीले भनिन् –‘तिन महिनाको लागी रहरले नभएर अस्तित्वर कामको मुल्याङकनका लागी नियुक्तिको माग गरेका हौ ।’ सामाजिक परिचालकहरुको पुस १६ गतेबाट देशभरका सामाजिक परिचालको म्याद सकिएपछि उनीहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुको आन्दोलनपछि सरकारले गत चैत १२ गते मन्त्रिस्तरीय निर्णयले सामाजिक परिचालकलाई स्थानिय तहको वडा कार्यालयमा सहायक तथा सामाजिक परिचालकको रुपमा आउदो असार सम्म करामा सेवा गराउन स्थानियत तहलाई परिपत्र गरेको थियो ।

सामाजिक परिचालकलाई थप गरिएको तिन महिनाको सेवा सुविधा पारिश्रमिक पनि केन्द्रीय मन्त्रायलबाट नै तोकिएको छ । केन्द्रीय सरकारले गरेको निर्णयलाई पोखरा लेखनाथ महानगरपालिकाले अस्वीकार गदै सामाजिक परिचालकलाई नियूक्ति दिएको छैन । अर्थमन्त्रालयबाट तलवको ब्यवस्था हुदाँ पनि महानगरले विभिन्न बहानाबाजी गरि मौखिक रुपमा काममा लगाउने भन्ने अभिब्यक्ति आएको र नियूक्ति माग्दा प्रशासनलाई तोक लगाईदिएको पत्रको छायाकपि लिएर जानुस भन्छन् अध्यक्ष के.सीले भनिन –‘महानगरका प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले हामीलाई मुद्धा हाल्नस, आन्दोलन गर्नुस भन्ने गैरजिम्मेवारपूर्ण अभिब्यक्तिपछि हामी आन्दोलन गर्न बाध्य भएका छौ ।’

उनीहरुले पत्रकार सम्मेलनमा एनजिओ आईएनजिओका कर्मचारीलाई नियूक्ति दिन नसकिने महानगर प्रमुख मानबहादुर जिसीको अभिब्यक्तिको घोर भत्सना समेत गरेका छन् । हामीले निर्वाचनमा मेयर जिसीलाई भोट हालेर जितायौ र अरुलाई पनि भोट हाल्न सिकायौ समाजिक परिचालक कर्मचारी संघ कास्कीका सचिव भावना श्रेष्ठले भनिन–‘मेयरको कुर्चीमा ल्याउन हामीले पनि मेहनत गरौका छौ तर एक माघले जाडो जादैन् ।’ उनले ७७ जिल्ला मध्य ७६ जिल्लामा लागु हुने तर कास्कीका चार गाँउपालिका र महानगरपालिकामा नहुने कारण के हो ? प्रश्न गदै भनिन –‘तिन महिनाको लागी पाँच महिना आन्दोलन गर्नुपर्ने ।’ अध्यक्ष केसीले विगतमा कामको रिपोर्ट र हाजिरी महानगरमा बुझाएर तलब लिने गरेको बताउदै नौ वर्षसम्म जनप्रतिनिधिको काम आफुहरुले गरेको र कामको मुल्याङकन नभएको बताइन् ।

महानगरलाई दक्ष कर्मचारीको आवश्यकता छ अध्यक्ष के.सीले भनिन ‘हिजो जनप्रतिनिधि नहुदा काम गरेकालाई निरन्तरता दिन हिचकिचाउने अनि राम्रो काम गरेको थियौ भन्ने मेयरको बोली र गराईमा फरक किन ?’ कास्कीमा ७७ जना सामाजिक परिचालक रहेका छन् । ५ जना पुरुष र ७२ जना महिला रहेका छन् । २८ जनाले सुरुवात देखि सामाजिक परिचालकको रुपमा काम गदै आएका छन् । प्रदेश ४ का कास्की बाहेक सवै जिल्लाका सामाजिक परिचालकले नियूक्ति पाइसकेको सामाजिक परिचालक कर्मचारी संघ प्रदेश ४ का अध्यक्ष पिताम्वर नेपालीले बताए । प्रदेश ४ मा ५ सय ८० जना सामाजिक परिचालक रहेका छन् । महागनरका मेयर जिसीले महानगरमा सामाजिक परिचालक आवश्यक नरहेको पत्र पठाउने भन्दै धम्क्याउने गरेको समेत पत्रकार सम्मेलनमा उनीहरुले बताए । महिला भएकै कारण दमन गर्न खोजिएको छ उनीहरुले भने । आन्दोलनमा उत्रिएका सामाजिक परिचालकहरुले मुख्यमन्त्री देखि प्रदेश उपसभामुखसम्मलाई आफनो माग बारे ज्ञापनपत्र बुझाउदै आन्दोलन गनै आएका छन् ।