श्रीकृष्ण श्रेष्ठको शवयात्रा,सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै


काठमाडौं, साउन २६ –

भारतको नयाँ दिल्लीमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको शव काठमाडौं ल्याइएको छ।एयर इन्डियाको विमानबाट उनको शव शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

नायक श्रेष्ठको पार्थिव शरीरलाई विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतिघरहुँदै उनको पार्थिव शरीरलाई एयरपोर्टबाट तिनकुने, नयाँबानेश्वर माइतिघर हुँदै प्रज्ञा प्रतिष्ठान कमलादी पुर्‍याइएको छ ।

Shree-krishna-sab-yatra-2

शवयात्रामा सहभागी कालाकार तथा समर्थकको आँखा रसाएको छ । श्रद्धाञ्‍जली दिन तथा उनको अन्तिम संस्कारमा सरकारका मन्त्री तथा उच्च सरकारी अधिकारीको उपस्थित हुने भएका छन्।

श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ ।

श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो