आर्थिक विकास र सामाजिक एकीकरणको माध्यम पर्यटन : मन्त्रि लम्साल


पोखरा – प्रदेश नं. ४ का उधोग,पर्यटन,वन तथा वातावरण मन्त्रि विकास लम्सालले आर्थिक विकास र सामाजिक एकीकरणको माध्यम पर्यटन भएको बताउनुभएको छ ।

शनिवार ब्रह्मा कुमारी ईश्वरीय विश्व बिधालय उपशाखा पोखरा छोरेपाटन भवनको शिलान्यास गर्दै मन्त्रि लम्सालले नेपालका अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुनै पर्यटन भएको बताउनुभयो ।

प्रदेश नं.४ प्राकृतिक तथा सांस्कृतिक बिविधताले भरीपुर्ण रहेको चर्चा गर्दै नयाँ पर्यटकीय स्थलको खोजी गरी त्यसको विकास गर्नु अहिँलेको आवश्यक्ता भएको बताउनुभयो ।
धर्म,संस्कृति विना समाज चल्न नसक्ने दाबी गर्दै लम्सालले यहाँका बिभिन्न जातजातीका कलचरलहरु लाई पर्यटकीय उत्पादनको रुपमा विकास गर्ने बताउनुभयो ।

ब्रह्मा कुमारी ईश्वरीय विश्व बिधालयले समाजका मानिसहरुको शिक्षा,व्यवहार,आचरणमा आमुल परिर्वतन ल्याउन मद्दत गरेको चर्चा गर्दै उहाँले उक्त बिधालयमा पनि आन्तरीक तथा बाह्य पर्यटकको आकर्षक केन्द्रबिन्दु बनाउन सकिने दाबी गर्नुभयो ।

“मानिसको जिवन जिउने कला तथा सकारात्मक सोचको विकास ब्रह्मा कुमारी ईश्वरीय विश्व बिधालयएले गराएको मैले पाएँ उहाँले भन्नुभयो” मानव जाती लाई चाहिने आवश्यक ज्ञान यहाँ पाउन सकिन्छ“ । तनाब,दुख बाट मुक्त हुन ओम शान्ति धाउनुपर्ने उहाँको धारणा थीयो । ब्रह्मा कुमारी ईश्वरीय बिश्व बिधालय लाई पनि पर्यटन प्रोडक्टको रुपमा विकास गर्न सकिने भन्दै पर्यटकीय पूर्वाधारको विकास गर्न सके यस क्षेत्रमा लगानी मैत्री वातावरण बन्न सक्ने बताउनुभयो ।

सो अवसरमा प्रदेश नं.४ का प्रदेस सभा सदस्य प्रभा कोइराला र मिना गुरुङले नैतक तथा व्यवाहारीक ज्ञान आर्जन तथा मन शान्त बनाउन ब्रह्मा कुमारी ईश्वरीय विश्व बिधालय आउनुपर्ने धारण राख्नुभयो ।