क्रिकेट स्टेडियम बनाउँन धुर्मुस सुन्तलीलाई स्पेनबाट सहयोग


काठमाडौ/ धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियमका लागि सहयोग आउँने क्रम सुरु भएको छ। निर्माण गर्ने क्रिकेट मैदान स्थल बारे औपचारिक घोषणा नहुँदै फाउन्डेसनमा रकम आउँन सुरु भएको हो। स्पेन निबासी खेमराज जोशी, दिनेश गिरी र ईश्वर गिरीले १ लाख २९ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन्। बिहिबार फाउन्डेसनमा पुगेर स्पेन निबासी पत्रकार बसन्त रानाभाटले उक्त रकम हस्तान्तरण गरेका छन्।

सहयोग रकम लिदै  हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुसले स्पेनबासी नेपालीहरुले संस्थागत र व्यक्तिगत रुपमा पटक पटक सहयोग गरेको भन्दै धन्यबाद ब्यक्त गरे। उनले भने,“स्पेनबाट व्यक्तिगत,संस्थागत रुपमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग हुँदै आएको छ। यस अगाडिका बिभिन्न परियोजनाहरुमा पनि यहाँहरुको सहयोग र समर्थन ठुलो रह्यो यसैले हामीले बोलेका प्रतिबद्दताहरु समयमा नै पुरा गर्न सक्यौ। स्पेनको नेपाली समुदाय,संघ संस्था लगायत व्यक्तिगत रुपमा सहयोग प्रदान गर्नु हुने सहयोगीहरु प्रति हामी आभारी छौ।”

“फाउन्डेसनको नाम लिदै गलत गर्नेलाई खबरदारी गर्नुहोस्”:-

पत्रकार रानाभाटसँग कुराकानी गर्दै उनले फाउन्डेसनमा आएको सम्पूर्ण सहयोगको रेकर्ड रहेको बताए। उनले भने,”हुन त हामीलाई कतिले शंका उपशंकाको नजरले पनि हेर्छन्। यिनीहरु कसरी चल्छन् त फाउन्डेसनबाट कहिँ कतै केहि त मिल्छ होला नि भन्ने कतिपयको अनुमान पनि छ तर त्यस्तो होईन्। भर्खरै सम्पूर्ण रेकर्ड हेर्न पनि सकिन्छ।”फाउन्डेसनमा नाममा गलत काम भईरहेको भए प्रबासको नेपाली समुदायले यसलाई खबरदारी गर्नु पर्नेमा  कलाकार कट्टेलले जोड दिए। “विदेशमा कतिपय ठाउँमा फाउन्डेसनलाई सहयोग गर्ने भन्दै पैसा उठाउने तर यहाँ आई नपुग्ने गरेको पनि सुनिन्छ। यसका लागि तपाई प्रबासमा रहने नेपाली समुदाय लगायत हामी सबै सचेत हुन जरुरी छ। ता कि कसैले यसको नाममा गलत गर्ने बाटो नपाओस्।” उनले भने।

(सहयोगीहरुलाई धन्यबाद दिदै भेट पछि सिताराम कट्टेल धुर्मुसले राख्नु भएका शब्द भावहरु )

“स्पेनबाट व्यक्तिगत,संस्थागत रुपमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग हुँदै आएको छ। यस अगाडिका बिभिन्न परियोजनाहरुमा पनि यहाँहरुको सहयोग र समर्थन ठुलो रह्यो यसैले हामीले बोलेका प्रतिबद्दताहरु समयमा नै पुरा गर्न सक्यौ। स्पेनको नेपाली समुदाय,संघ संस्था लगायत व्यक्तिगत रुपमा सहयोग प्रदान गर्नु हुने सहयोगीहरु प्रति हामी आभारी छौ।

हुन त हामीलाई कतिले शंका उपशंकाको नजरले पनि हेर्छन्। यिनीहरु कसरी चल्छन् त फाउन्डेसनबाट कहिँ कतै केहि त मिल्छ होला नि भन्ने कतिपयको अनुमान पनि छ तर त्यस्तो होईन्। अहिलेसम्म कति जनाले सहयोग गर्नु भयो, कहाँ-कहाँ खर्च गर्यौ, त्यो सबैले भर्खरै चाहेको खण्डमा हेर्न पनि सकिन्छ। तर विदेशमा कतिपय ठाउँमा फाउन्डेसनलाई सहयोग गर्ने भन्दै पैसा उठाउने तर यहाँ आई नपुग्ने गरेको पनि सुनिन्छ। यसका लागि तपाई प्रबासमा रहने नेपाली समुदाय लगायत हामी सबै सचेत हुन जरुरी छ। ता कि कसैले यसको नाममा गलत गर्ने बाटो नपाओस्।

जस्तो तपाईले केहि ब्यक्तिहरुले भित्रि मनले गरेको सहयोग बोकेर ल्याउनु भयो हस्तान्तरण गर्नु भयो अब यो हाम्रो जिम्मामा आईपुग्यो,तर हामी कहाँ नआउँन्जेल वा गलत फाइदा लिन खोज्छ भने यस्ता क्रियाकलापमा विदेशको नेपाली समुदायले पनि खबरदारी गरिदिनु पर्छ।

पेशाले हामी कलाकार हौ। अहिले सामाजिक काममा निकै ब्यस्त हुँदा त्यता तिर समय दिन सकेका छैनौ। बिभिन्न कम्पनीहरुको ब्रांड एम्बेसडर बनेका छौ। त्यहीबाट रकम आउँछ ,हाम्रो खर्च अहिले यसरी नै चलेको छ। विक्रम सम्बत् २०७२ सालको बैशाख १२ गते आएको महाभूकम्पमा धेरै नेपालीहरु घरबार विहिन भएसँगै धुर्मुस सुन्तली फाउण्डेसनको स्थापना भएको सर्बबितिदै छ।

धुर्मुस–सुन्तली फाउण्डेशन कला, सचेतना, भौतिक संरचना निर्माण मार्फत जनसेवामा समर्पित सामाजिक संस्था हो । यसले कला, निर्माण र सचेतना मार्फत् नव नेपालको निर्माणमा बिभिन्न प्रभावकारी गतिबिधि गर्दै आएको छ । यसै सन्दर्भमा भुकम्प पछिको पुर्ननिर्माणका क्रममा काभ्रे जिल्लाको पहरी गाउंका भुकम्प पीडित २० परिवारका लागि भुकम्प प्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भुकम्प पिडित तामांङ गाउंमा ६६ आवासिय घर तथा महोत्तरीको बर्दिबास स्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपांग, बालमैत्री ५३ घरको एकिकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरिसकिएको छ ।

उक्त बस्तीको संरक्षण र स्थानियका आर्थिक सम्वृद्धिका लागि बिभिन्न कार्यहरु तथा क्रियाकलापहरु यस फाउण्डेशनले गदैं आईरहेको छ । यी सबै कार्यहरु नेपाल सरकारको नीति, नियम र मापदण्ड अनुसार निर्माण भएका छन् । हाम्रो पवित्र उद्देश्य भनेको देशलाई बलियो बनाउन, जनतालाई सबल बनाई सरकारलाई सघाउनु हो । सिंगै देशलाई जोड्ने परियोजना नयाँ नेपालको पनि संकल्प गरिसकेका छौ। यसलाई पनि बिभिन्न संघ संस्थाहरुको तथा उनीहरुले गरेको आफ्नो सहयोगको अपनत्व रहने गरी यो संकल्प पनि बिस्तारै पुरा गर्छौ।

यसैबिचमा हामीले धेरै सहयोगीहरुको मन र बिशेष गरी नेपाली जनताको भावानालाई कदर गर्दै अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउने घोषणा गरेका छौ। तर हामी बिच प्राबिधिक तथा अन्य थुप्रै चुनौतीहरु छन्। तर स्टेडियम कहाँ बनाउने भन्ने ठाउँको औपचारिक घोषणा नै नहुँदै सहयोगको लहर आउनुले हामीलाई झनै प्रेरेणा मिलेको छ।

मिडियाहरुमा यस बारे केहि खबरहरु आए पनि क्रिकेट मैदान बारेको आधिकारिक घोषणा २-३ भित्र गर्ने तयारी गरिहेका छौ। तर तपाईलाई यति भनौ प्राबिधिकहरुको सुझाव अनुसार हामीले स्टेडियम काठमाडौमा नै बनाउने भएका छौ। यसमा पनि यति राम्रो टिम बनेको छ ,यसले झन् हामीलाई हौसला थपिएको छ।

युरोपमा कार्यक्रम लिएर आउँने सोच पनि छ ,आउँदा दिनमा हामीलाई यसरी नै सहयोग मिलिरहने छ भन्ने आशा लिएका छौ। सहयोगीहरुलाई फेरि पनि हृदय देखि नै धन्यबाद।”