स्मार्ट सेलका उपभोक्ता पोखरामा बढ्दै


पोखरा – सहुलियत दरमा मोवाईल फोनमा कुराकानी गर्न पाउने भए पछि पछिल्लो समयमा पोखरामा स्मार्ट सेलका उपभोक्ताहरुको सङख्यामा बृद्धि हुदै आएको छ । पोखरामा करिब तीन महिना उक्त स्मार्ट सेलको विक्रि वितरणले गर्दा हाल २८ हजार भन्दा बढी आम उपभोक्ताहरु रहेको कम्पनिले जनाएको छ ।
कम्पनिले तीन महिनाको परिक्षण कालको समयमा करिब ४२ हजार उपभोक्ताहरु पु¥याउने लक्ष्य राखेकोमा २८ हजार मात्र पुगेको स्मार्ट सेलका क्षेत्रिय म्यानेजर गणेस लामिछानेले बताए । पोखरामा आफुहरुको धेरै पुर्वाधार निमार्ण गरेकोले पोखरामा धेरै उपभोक्ताहरुको मन जित्न सकिने भएको उनले जनाए । पोखरामा स्मार्ट सेलको बिक्रि वितरणलाई अझ प्रभावकारी ढंगले बढाउन दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट सेलको पोखरामा नयाँ शाखा विस्तार भएको क्षेत्रिय म्यानेजर लामिछानेले बताए । उक्त शाखा कार्यालयको एक समारोहका बिच आज (मंगलबार) नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञावाली, नायिका स्यारोन श्रेष्ठ, धर्मानुसासक मिन गुरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

पोखरामा चार जना युवाहरुको समुहले पोखराको महेन्द्रलमा करिब ३० लाखको लागतमा स्मार्ट सेल बिक्रि वितरणको गर्नको लागि नयाँ शाखा स्थापना गरेका हुन। अन्य दुर संचार सेवाको तुलनामा करिब तीन गुणा सहुलियमा हाल सेवा उपलब्ध भएकोले आम पोखरा क्षेत्रका उपभोक्तालाई लक्षित गरी आफुहरुले उक्त सिमको विक्रि वितरण गर्ने उद्धेश्यले उक्त शाखा स्थापना गरिएको संचालक मध्यका एक महेन्द्र गुरुङले बताए । गुरुङ सहित प्रतिक श्रेष्ठ, छिरिङ फुन्सु ठकुरी र किरण बरालको संयुक्त लगानीमा उक्त कार्यालय स्थापना भएको हो ।

उक्त कार्यालयबाट कास्की सहित गोर्खा, लमजुङ, तनहूँ, बाग्लुङ, स्याङजा, पर्वत जिल्ला सम्म सेवा दिने भएको छ । नेपाल टेलिकम र एनसेलमा स्मार्ट सेलबाट एक मिनेट फोन गर्दा प्रति मिनेट ६० पैसा खर्च हुने भएको स्मार्ट सेलका क्षेत्रिय म्यानेजर गणेस लामिछानेले बताए । उनले भने “ हाम्रो टेलिकम सेवा अन्य सेवाको तुलनामा केहि सहुलिय छ, हाम्रो सिमकार्डमा फोजी चल्छ, हामी आम उपभोक्तालाई सहुलियत दरमा सेवा दिन चाहान्छौं । ” अनौपचारिक रुपमा पोखरामा विगत तीन महिना देखि उक्त सिम बिक्रि हुदै आए पनि हालसम्म पोखरा क्षेत्रमा करिब २८ हजार मात्र उपोक्ताहरु रहेको क्षेत्रिय म्यानेजर लामिछानेले जनाए । उनका अनुसार पोखरा क्ष्ोत्रमा हाल ३३ वटा टावर रहेकाछन। स्मार्ट सेलकै लागि स्मार्टबाट फोन गर्दा ९७ रुपैयामा एक महिनासम्म अनलिमिटेड सेवा लिन सकिने भएको बताइृन्छ । आगामी एक हप्ता भित्र पोखराको न्यूरोडबाटै विभिन्न सेवाको लागि स्मार्ट सेन्टर स्थापना हुने तयारी गरिएको लामिछानेले बताए । स्मार्टले फोरजी सेवामा नेपालमा अहिलेसम्म उपलब्ध सबैभन्दा द्रूतगतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने कम्पनिले दाबी गरेको छ ।