पेट्रोलियम पदार्थ सहज बनाउन माग गदै मुख्यमन्त्रीलाई ज्ञापनपत्र


पोखरा – पोखरामा पेट्रोलियम पदार्थ अभाव भएको भन्दै सत्तारुढ दल एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले प्रदेश ४ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । । दुई दिनदेखि पोखरा लगायत आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको र सहज बनाउन माग गदै मुख्यमन्न्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकषर्ण गराउदै ज्ञापनपत्र बुझाएको छ । पेट्रोलीयम पदार्थ अभाव भएको भन्दै ब्यवसायीले तेल दिएको भन्दै पम्पहरुमा विहान देखि बेलुकि सम्मै सवारीको लाइन लागेको छ ।

यसै विषयलाई लिएर अनेरास्ववियूले प्रदेश ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई ध्यानाकर्षण गराएको हो ।अनेरास्ववियुले भन्यो ‘मुख्य मन्त्री ज्यू , पेट्रोलियम पदार्थ व्यवसायीले नै लुकाएका छन् । दुई दिनदेखि पोखरा लगायत आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोल पम्पहरुमा विहान देखि बेलुकि सम्मै सवारीको लाइन देखिन थालेका छन्, पम्पहरुको अनुगमन गरेर जनतालाई सहज रुपमा पेट्रोलियम पदार्थ वितरणको ब्यवस्था मिलाउनु पर्यो ।

‘अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मुल्य बृद्धिको फाइदा उठाउन मुल्य बृद्धि नहुदैको दर भाउमा खरिद गरिएको पेट्रोलियम पदार्थ लुकाएर व्यवसायीहरुले कालोबजारी गर्न खोजेको अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य नरेश रोकायाले बताउनुभयो । अन्तराष्ट्रिय मापदण्ड अनुसार मुल्य निर्धारण गरिनु स्वीकार्य भएपनि व्यवसायीहरुले पेट्रोलको कथित अभाव देखाएर कालोबजारी गर्न खोज्नु अस्वीकार्य रहेको अनेरास्ववियुले जनाएको छ । संगठनले प्रदेश सरकारको तर्फबाट सम्पुर्ण पेट्रोलियम पदार्थ विक्री केन्द्रहरुमा अनुगमन गर्न समेत अनुरोध गरेको छ ।

अनेरास्ववीयु केन्द्रिय सचिवालय सदस्य नरेश रोकाया, केन्द्रिय सदस्य प्रकाश पौडेल, जिल्ला अध्यक्ष विवेक देवकोटा लगायतले मुख्यमन्त्री गुरुङलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ । पत्र बुझ्दै गुरुङले यसबारे तत्काल सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।