विधी र प्रक्रिया मिलाएर पोखरामा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थल बन्छ -उपप्रधानमन्त्री प्रकाशमान सिंह


दिननाथ बराल
पोखरा, २५ साउन

उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले विधी र प्रक्रिया मिलायर पोखरामा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् । 

पोखरेलीहरुको मात्र नभई पश्चिमाञ्चल तथा देशको लागि समेत आवश्यक भएको विमानस्थल निमार्णमा सरकार समेत लागेको बताउदै यसमा कुनै बाधा अड्चना आएको खण्डमा आफुले नेतृत्वको भुमिका निभाउने वचनबद्दता दिएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा सञ्चालीत प्रजातन्त्रका सेनानी स्वर्गीय दयाशंकर पालिखेको स्मृतिमा आयोजित समारोहमा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
तोकिएको मिति आगामी माघ ८ गते भित्र संघिय लोकतान्त्रीक संविधान दिने गरी काम अघि बढेको समेत मन्त्री सिंहले जनाए । उनले भने “पहिलो संविधान सभाले ४ बर्षमा गरेको कामको आधारमा दोश्रो संविधान सभामा हामी अघि बढेका छौ ।” यस पाली कार्यतालिका बनाएर सोहि अनुरुप काम गरेकोले तथा सहमति नभए विधि र प्रक्रियामा जाने सवै दलहरु विच सहमति भएकोले तोकिएको मिति भित्र संविधान दिने गरी आफुहरु लागेको समेत उनले जनाए ।
। सभासद यज्ञबहादुर थापाले पोखरा र यस क्षेत्रको विकासका लागि पोखरामा क्षेत्रीय विमानस्थल निर्माण आवश्यक भएको बताए ।
दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७० बाट पोखराका अग्रज पत्रकार नारायण कार्की पुरस्कृत भएका छन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य द्धय सुस्मा पौडेल, रुद्र भट्ट, अग्रज पत्रकार कृष्णप्रसाद बाँस्तोला, कास्की शाखाका उपाध्यक्ष राजेन्द्र अधिकारी, सचिव त्रिभुवन पौडेल लगायतले बोलेका थिए ।