इरानको राजधानी तेहरानमा बिमान दुर्घटनामा ४८ जनाको मृत्यु


एजेन्सी ,तेहेरान

इरानको राजधानी तेहरानमा भएको बिमान दुर्घटनामा ४८ जनाको मृत्यु भएको छ । आइतबार बिहान बिमान मेहराबाद एयरपोर्ट नजिकै खसेको इरानको सरकारी टेलिभिजनले जनाएको छ । बिमान इरानको पूर्वी सहर तेबासतर्फ उडिरहेको थियो ।

सरकारी मिडियाले जनाएअनुसार पश्चिमी इरानको मेहेदाबाद विमानस्थलबाट उडेको केही समयमै सो बिमान दुर्घटनाग्रस्त भएको हो।

अधिकारीका अनुसार विमानमा दुई शिशु तथा १२ वर्षमुनिका तीन बालबालिका थिए। शेपहान एयरलान्सको सो विमान अजद आवासीय क्षेत्रमा खसेको हो। इरानको सरकारी टेलिभिजनका अनुसार सो क्षेत्रका ३ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ।

दुर्घटनाग्रस्‍त बिमान तबसा गइरहेको थियो। पुरानो भएका कारण बिमानमा खराबी आएर दुर्घटना भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ। दुर्घटनाग्रस्त जहाज सन् १९९० अघि रसियामा बनेको बताइएको छ।