मिस नेपाल २०१८ को उपाधि हेटौडाकी श्रृंखला खतिवडालाई


काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१८’को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले हात पारेकी छन्। बुधबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी हुन्।

२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायक गोविन्द गजुरेलले सात फाइनल प्रतियोगीलाई ‘सम्वृद नेपाल, सुखी नेपाली हुनका लागि ३ महत्वपुर्ण काम के गर्नु पर्ला ?’ भन्ने प्रश्न सोधेका थिए।

उत्कृष्ट जवाफ दिएर श्रृंखलाले ‘मिस नेपाल २०१८’को उपाधिमा कब्जा जमाएकी हुन्। उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले ताज पहिराएकी हुन्।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितिन्। ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देल र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितिन्। उपाधिसँगै उनीहरूले १ लाख नगद पुरस्कार हासिल गरेका छन्।

कसले कुन उपाधि
मिस नेपाल वर्ल्ड-शृंखला खतिवडा हेटौडा
मिस नेपाल यूनिभर्स – मनिता देवकोटा
मिस नेपाल अर्थ – प्रिया सिग्देल काठमाडौं
मिस नेपाल इन्टरनेशनल -रोनाली अमात्य -काठमाडौं
मिस ब्यूटी- प्रिया सिग्देल -काठमाडौं
मिस ट्यालेन्ट- रोनाली अमात्य -काठमाडौं
पपुलर च्वाइस-शृंखला खतिवडा -हेटौडा
मिस ग्लामर- मनिता देवकोटा -गोरखा
मिस फ्यासिनो- शृंखला खतिवडा -हेटौडा
मिस कन्फिडेन्स- आस्था शाख -भक्तपुर