‘बोल्नी मन छ अति’ भन्छन् सन्तोष सुवेदी, को हुन् सुवेदी ?


राजाराम पौडेल,पोखरा – पत्रकारिताको माध्ययबाट नेपाली लोक दोहोरी क्षेत्रको बारेमा आम पाठकलाई सचेत गराइरहेका प्रतिभा हुन् सन्तोष सुवेदी । उनले कलमको माध्यमबाट लोक संगीतको क्षेत्रमा देखिएका विकृती विसंगतीको उजागर मात्र गरेका छैनन् नयाँ प्रतिभालाई आफ्नो कलमको माध्यमबाट अगाडी बढ्न हौसला दिएका पनि छन् । हुन त पत्रकारिताको माध्यमबाट मात्र नभएर आफ्ना  साँगीतिक कोसेली मार्फत समेत आफ्नो बैग्लै पहिचान उनले बनाइसकेका छन् ।

उनै सुवेदीको लोक दोहोरी गीत ‘बोल्नी मन छ अति’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक सुवेदी र पुर्णकला विसीको स्वरमा रहेको गीतमा कृष्ण सुवेदीको शब्द तथा लय सिर्जना रहेको छ ।

थ्रीस्टार मिडियाबाट बजार व्यवस्थापन भएको गीतको भिडियोमा समिर थोकरले निर्देशन गरेका छन् । भिडियोमा निर्देशक थोकर र नायिका चन्दा दाहालले फिचरिङ गरेका छन् । भेनस फिल्मस प्रालिले निर्माण गरेको भिडियोमा सागर गौतमको छायांकन,प्रकाश एसकेले सम्पादनको रहेको छ ।

आजभन्दा झन्डै चार वर्ष पहिले रेकर्ड भएको गीतको अडियो निकै रुचाइएको थियो । गीतको म्युजिक भिडियो पनि दर्शक स्रोताले रुचाउने आशावादीमा गायक सुवेदी छन् ।

काे हुन् त सुवेदी ?
सुवेदीको साँगीतिक क्षेत्रमा औपचारिक सुरुवात भने  वि.स. २०७० फागुन ८ गते पहिलो दोहोरी गीत रेकर्ड गरेर भएको हो । ‘बोल्नी मन छ अति’ यो गीतमा कृष्ण सुवेदीको शब्द र लय सिर्जना रहेको थियो । आवाजमा पूर्णकला विसीले साथ दिएकी थिइन् ।  सो गीतमा थेगो सिर्जना उनलेनै गरेको थिए । यो गीतबाट राम्रो सर्पोट उनले प्राप्त गरे । फलस्वरुप वि.स. २०७१ सालको तीजमा आफ्नै सिर्जनमा ‘एक्लो छोरो म’ नामक तीज गीत गोविन्दप्रसाद कोइरालासँग सकहार्यमा बजारमा ल्याए । यो गीतमा महिला आवाज कमला किरणको थियो । यस गीतले समेत साँगीतिक क्षेत्रमा उनलाई चिनाउन मद्दत पु¥यायो  ।
अब गोविन्दप्रसाद कोइरालासँगकै सहकार्यमा पञ्चेबाजाको गीत ‘छायो खुशीको रंग’ बजारमा ल्याउने तयारीमा उनी छन् । गीत तिहार पछि दर्शक श्रोता माझ  ल्याउने तयारी भैरहेको उनले सुनाए ।

सुवेदीको जन्म आज भन्दा झण्डै २४ वर्ष अगाडी पर्वत जिल्ला दुर्लुङ गाविस वडा नं.–६, सोतीमा बुवा बालकृष्ण शर्मा र माता सितादेवि शर्माको सन्तानको रुपमा भएको हो । हुने विरुवाको चिल्लो पात भनेझै बाल्यकाल देखि नै गीत संगीतमा रुचि उनको थियो  । उनले थुप्रै प्रतियोगिताहरुमा भाग लिए । यस्ता प्रतियोगीतामा भाग लिएर प्रथम, द्धितिय, तृतिय र सान्तवना समेत भएको अनुभव उनीसँग छ । पढाईमा पनि अब्लल रहेका उनी कहिले प्रथम र कहिले द्धितिय हुन्थे ।

बाल्यकालमा बिमलराज क्षेत्री, विष्णु खत्री, पुरुषोत्तम न्यौपानेका गीत सुनेर उनले गाउने गर्दथे । ‘त्यसबेला बिमलराजक्षेत्रीको बल्लै भो भेट भन्ने गीत खुब मन पथ्र्यो । बाल्यकालदेखि नै गायक बनेर आफ्ना गीत रेडियो टेलिभिजनमा बजाउने खुब रहर लाग्थ्यो । त्यतिबेला अडियोको जमाना थियो, थुप्रै गीतहरु किनेर सुन्ने र गाउँने गर्दथे’ विगत सम्झदै उनले भने ।उनी स्कुल स्तरीय लोक गीत प्रतियोगिताहरुमा भाग लिन गाउँबाट पर्वत सदरमुकाम कुश्मा बजार पुग्ने गर्दथे । र पुरस्कार पनि जितेर फर्कन्थे । स्कुलमा सँगै पढ्नेसाथीहरु र पढाउने शिक्षकहरुले स्वर राम्रो छ यसैमा मेहनत गरेर लाग्न पर्छ भनेर हौसाउथे पनि । यतिमात्र नभएर गाउँघरमा हुने भजन कृतनका कार्यक्रममा भजन गाउँन जाने गर्दथे ।

एसएलसी उर्तिण भएपश्चात उच्च शिक्षाको अध्ययनका लागि वि.स. २०६४ सालमा सुन्दर नगरी पोखरामा उनी आए । पोखरा आए पछि उनका प्रतिभाले एकपछि अर्को गर्दै फक्रने र फुल्ने मौका पाए । शुरुपातमा पत्रकारिता विषय अध्ययन गरेर पत्रपत्रिकामा आफ्ना लेख छाप्ने काम उनले गरे । आफ्नो आवाज रेडियोबाट गुन्जाउने रहरले गर्दा पोखरा आएपछि पनि थुप्रै रेडियोहरुमा आउने लोक कार्यक्रममा गीत गाउने जाने गर्दथे । पोखरामा उच्च शिक्षाको लागि आएपछि लोकसंगीतको माहोल त्यति मिलेन । सँगै पढ्ने साथीहरु लोक गीत नसुन्दा आफले गाउँछु भनेर भन्न अप्ठ्यारो लागेको थियो । पछि विस्तारै आफुसँगै मिल्ने र गीत मन पराउने साथीहरुसँग भेट भएपछि गीतलाई निरन्तर दिएको तितो अनुभव उनीसँग छ ।पत्रकारिता सँगै सागीतिक यात्रालाई अगाडी बढाएकोले गीत रेर्कड गर्दा अरु नयाँ कलाकारलाई जति दुख हुन्थ्यो त्यति उनलाई भने भएन । किनकि धेरै अग्रज दाईहरुलाई चिनिसकेको र उनीहरुको सरसल्लाह अनुसार उनले काम गर्ने गर्थे ।

विगतमा भन्दा अहिले गीतसंगीत क्षेत्रमा धेरै परिवर्तन देखिएको उनले बताए । ‘पहिला अडियो एल्बम विक्री हुन्थ्यो भने अहिले केही पनि हुँदैन । चलेको कलाकार छ भने स्टेजबाट नै आम्दानी हुन्छ भने नयाँलाई धेरै संघर्ष गर्नुपर्छ । नयाँ राम्रा र प्रतिभा भएका कलाकारलाई उचित स्थानमा सहभागि गराउनुपर्ने हुन्छ । तर अहिले त्यस्तो हुन सकेको छैन । अहिले प्रविधिले गर्दा पनि कलाकार भएर बाँच्न नसकिने अवस्था बनाएको छ । नयाँ कलाकारको उपस्थिति बाक्लो हुँदै गएपनि लोक कलाकारको भविष्य अनिश्चित देखिन्छ’ उनले गुनासो गरे ।

‘पछिल्लो समयमा बजारमा आएका गीत आधुनिक पाराका छन् । कतिपय गाउन पनि सकिदैन । गीत भनेको सरल र एकपटक सुनेपछि मुखमा झुन्डिने खालको हुनपर्छ । गीतलाई नयाँ भन्दा पनि कतिपय स्थापित कलाकारले बङगाएको जस्तो लाग्छ । नयाँ त उनीहरुकै सिको गर्ने नै त हो । नयाँ र फरक गीत गर्छु भन्दा झनै विकृती र विसंगीति भित्रिएको छ’ उनले थपे ।

अधिकांश समय पत्रकारितामा दिँदा स्टेज कार्यक्रममा त्यति धेरै सक्रिय हुन नसकेको अनुभव उनीसँग छ । ‘अव विस्तारै दुवै क्षेत्रमा समय मिलाएर अगाडि बढ्ने सोच बनाएको छु’ उनले भनेका छन् । भविष्यमा पत्रकारिता र गीतसंगीतलाई सँगै अगाडि लैजाने सोच उनले बनाएका छन्  । ‘संगीत क्षेत्रको कल्याणको लागि स्थापना भएका संघसंस्थाहरुले कलाकार र गीतको लागि केही गर्न सके लोकसंगीत को माहोल निकै फराकिलो हुने गथ्र्यो’ उनले भने । परिवारको एक्लो छोरो उनलाई यो क्षेत्रमा अगाडी बढ्न परिवारबाट राम्रो साथ र सर्पोट छ । उनै सुवेदीले  कुशुम केसीसँगको सहकार्यमा ‘हाई हाई हाई’ नामक तीजको गीत समेत बजारमा ल्याएका थिए । यो गीतबाट पनि उनले राम्रै चर्चा कमाए । ‘ठाउँ–ठाउँबाट चिन्ने र फेसबुकमा रहने साथीहरुले गीतको राम्रो प्रतिक्रिया दिनुभयो खुशी लागेको छ । यही गीतले गर्दा तीजका केही कार्यक्रममा सहभागी हुन पनि पाए’ उत्साहित हुँदै उनले भने । निरन्तर पत्रकारिता र साँगीतिक कोसेलीको माध्यमबाट यो क्षेत्रमा सघर्ष गर्दै अगाडी बढ्ने योजना उनको छ ।

सुवेदीले छिट्टै नै पञ्चेबाजाको गीत आउने तयारी रहेको उनले सुनाए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतका सह–सचिव समेत रहेका सुवेदी पोखराको ताण्डव साप्ताहिकका कार्यकारी सम्पादक समेत हुन् ।