गायक एवं संगीतकार शाहको ‘विर्सु भन्छु’ वजारमा


पोखरा । पचासको दशकमा ‘जाउँ है कान्छी पोखरामा’ भन्ने लोकपप गितबाट सांगितिक क्षेत्रमा चर्चामा आएका गायक एवं संगीतकार एनजे सागर शाह ‘विर्सु भन्छु’ वोलकोे गित लिएर आएका छन् ।

ऋषभ् फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण गरिएको उक्त म्युजिक भिडियोलाई हाइलाईट्स नेपालले यु ट्युव मार्फत सार्वजनिक गरेको छ ।

गीतमा चर्चित अभिनेतृ केकी अधिकारी, अदृश गुरुङ, राजेन्द्र अधिकारी ‘अपुर्ण’, कृष्ण रानाभाट, प्रविण पुन, विजि हस्पिटल पोखराका नर्सहरु लगायतले अभिनय गरेका छन् । भिडियोको छायाङ्कनमा प्रकाश गुरुङ ‘काश’, ड्रोन क्यामेरामा विकास ताम्राकार ‘विकु’, एरेन्जरमा राजेश क्षेत्री, रिकर्डिङ एण्ड मिक्सिङमा सिजन वज्राचार्य रहेका छन् । गौरी तमुको शब्द रहेको सो गीतमा एनजे सागर शाहको स्वर तथा संगित रहेको छ ।

प्रेम वियोगमा आधारित आधुनिक गित ‘विर्सु भन्छु’ गितको निर्देशन तथा सम्पादन नेत्र गुरुङले गरेका हुन् ।

भिडियो हेर्न​ त​ल​को लिन्क क्लिक ग​र्नुहोला ।