अख्तियारद्धारा २ कर्मचारीलाई एक लाख घुससहित पक्राउ


पोखरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका २ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।बिद्यालय भवन निर्माण गर्दा गलत बिल फर्स्यौट गरिदिने भन्दै उनीहरुले १ लाख घुस लिएका थिए ।

पक्राउ पर्नेमा ईञ्जिनियर प्रदीपकुमार बानियाँ र सब ईञ्जिनियर छबिन्द्रबिक्रम खाँड छन् । उनीहरु अख्तियारको नियन्त्रणमा छन् ।आबश्यक छानवीन सुरु भैसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।