बिबिसी नेपाली सेवाको पोखरास्थित संवाददाता कार्की पुरस्कृत


पोखरा, साउन –

पोखराका बरिष्ठ पत्रकार नारायण कार्की दयाशंखर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । तीन दशक भन्दा वढी समय देखी पत्रकारीतामा गर्दै आएका कार्कीलालाई शुत्रबार पाेखरामा अायाेजित एक कार्यक्रमका बिच उक्त पुरस्कार प्रदान गरिएकाे हो ।

प्रजातन्त्रका सेनानी स्व. दयाशङ्कर पालिखेको स्मृतिमा उनका परिवारद्वारा स्थापित राष्ट्रियस्तरको उक्त पुरस्कारको राशि रु ३३ हजार ३ सय ३३ का साथै सम्मानपत्र पनि रहेको छ ।
उप–प्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कार्कीलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेको थिए।
पुरस्कृत व्यक्तित्व कार्की पोखराबाट प्रकाशित समाधान दैनिकका प्रधानसम्पादक तथा बिबिसी नेपाली सेवाको पोखरास्थित संवाददाताको रुपमा कार्यरत छन् ।
उक्त अवसरमा बोल्दै उप–प्रधानमन्त्री सिहले उक्त राजनैतिक दलहरु वीच अधिकतम सहमति गर्ने र त्यो संभव नभए प्रकृया गएर भएपनि माघ ८ गते लोकतान्त्रिक गणतान्त्रक संविधान जारी गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा संचालित दया शंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार नारायण कार्कीलाई सम्मान कार्यक्रमा त्यस्तो बताएका हुन्