सुनकोशी पहिरो पीडितका लागि स्पेनमा १,३६० युरो संकलन,अगस्ट १७ सम्म रकम उठाउने


बसन्त रानाभाट
बार्सिलोना –

गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनले सिन्धुपाल्चोकको सुनकोशीमा गएको पहिरो पीडितको सहयोगका लागि अहिले सम्म १ हजार ३ सय ६० युरो संकलन गरेको छ । संघले अगस्ट १७ तारिक सम्म रकम संकलन अभियान जारी राख्ने भएको छ । नेपाली चलचित्र ६ एकान ६ को प्रदर्शनी बाट बचत १५० युरो र बाकी रकम ४३ जना इच्छुक सहयोगीहरु  बाट रकम संकलन भएको हो ।
दैविक बिपत्तीबाट सिन्धुपाल्चोक जिल्ला नै शोकमा डुबेको बेला केही राहत दिएर मलाम लगाउन सकिन्छ भन्दै संघले अगस्ट १७ सम्म रकम संकलन अभियान जारी राख्दै , सबै नेपाली समुदायलाई सहयोग गर्न अपिल गरेको छ ।
गैरआवसिय नेपाली सघं अन्तराष्ट्रिय समन्वय परिषदले नै विपतको घडीमा आ -आफ्नो तबरबाट सहयोग गर्न राष्ट्रिय समन्वय परिषदहरुलाई आह्ववान गरिरहेको परिपेक्षमा स्पेनमा पनि सहयोगको आउने क्रम जारी रहेको अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य दीपक खरेलले बताए । नेपाली नेपाली डटकम सँग कुरा गर्दै खरेलले भने ,” मैले सबै जनालाई सम्पर्क गर्दै रकम बढाउन लागी परेको छु ,आगामी अगस्ट १७ सम्म सहयोग गर्न सक्नु हुन्छ त्यसैले यो विपतको घडीमा साथ दिनुहोस् “।
राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एकराज गिरीले भने ,अझै समय बाकी छ सहयोग गर्न सक्नु हुन्छ ,”दैविक बिपत्तीमा सहयोग गर्नु हामी सबैको कर्तब्य हो भन्दै केही रकम सहयोग गरेर कसैको आशु पुछ्न सक्छौ भने तयार हुनु पर्छ ।” साथै यो अभियानमा जुट्न स्पेनमा रहेका सबै संघ सस्था ,संगठन लगायत स्थानिय मिडियाहरुलाई गिरीले सहयोग गर्न अपिल गरेका छन् ।

अन्तराष्ट्रिय समन्वय परिषद,राष्ट्रिय समन्वय परिषद,क्षेत्रिय समिती,चलचित्र प्रर्दशनीको लागी बनाईको समितीका साथै स्थानिय मिडियाहरु नेपालीनेपाली डटकम,स्पेनखबर डटकम ,रेडियो स्पेननेपाल र नेपाली वेभ रहने गरी पहीरो पीडीत सहयोग संकलन समिती गठन गरिएको छ ।
यसैबिच रेडियो स्पेननेपाल र नेपालीनेपाली डटकमले यो अभियानमा पूर्ण रुपमा सहयोग गर्दै , सहयोगीको नामावली पाप्त हुने बित्तिकै प्रकाशित गर्नुको साथै रेडियो स्पेननेपालबाट पनि बिश्व समुदाय बिच सहयोगको अपिल गर्दै कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
अहिलेसम्म पाप्त रकम र सहयोगीको नामावली यसप्रकार छ । नोट :- बढी रकम दिने आधारमा नामको क्रम मिलाइएको छ ।
६ एकान ६ फिल्मबाट बचत रकम – १५० युरो
तारानाथ डल्लाकोटी – १११ युरो (थपिएको )
दीपक खरेल – ५१ युरो
एकराज गिरी – ५१ युरो
निरज कुमार पोखरेल – ५१ युरो
अर्जुन आचार्य – ५१ युरो
कृष्णहरी कडेल -५१ युरो
सन्दिप मोहन भट्टराई -५१ युरो
हरी श्रेष्ठ – ५१ युरो
देबी प्रसाद सुबेदी -५१ युरो (थपिएको रकम)
रमेश प्रसाद निरौला – ५० युरो
अशोक नेपाल – ४० युरो
हेमन्त रानाभाट -३० युरो
शितल भुर्तेल – ३० युरो
हेम शेर्पा – ३० युरो
पेशल कोइराला – ३० युरो
बेदराम कडेल – ३० युरो
रबी श्रेष्ठ – ३० युरो
प्रकाश भट्टराई -२५ युरो
राम प्रसाद मैनाली – २५ युरो (थपिएको रकम)
दिनेश गुरुङ (देउकाजी ) -२० युरो
बसन्त रानाभाट – २० युरो
भोला लामिछाने -२० युरो
दीपक क्षेत्री – २० युरो
तिलक कार्की – २० युरो
लक्ष्मण शर्मा – २० युरो
सुनिल थापा – २० युरो
ऋषी श्रेष्ठ (दावा )- २० युरो
सुबास थापा – २० युरो
राजु बास्तोला -२० युरो
बिष्णु रिजाल – २० युरो
सुबास बहादुर बिष्ट – २० युरो
अर्जुन अमात्य – २० युरो
दिनेश गिरी – ११ युरो (थपिएको रकम)
बिकास तिमिल्सीना -१० युरो (थपिएको रकम)
पुष्पराज भण्डारी – १० युरो
मुक्त गुरुङ – १० युरो
प्रदिप श्रेष्ठ – १० युरो
बुद्दी थापा – १० युरो
निम कुवर – १० युरो
राजेन्द्र लम्साल – १० युरो
युबराज गुरुङ – १० युरो
शिव नेपाल – १० युरो
सिता श्रेष्ठ- १० युरो ( थपिएको रकम )