दृष्टिविहिन एकल गायनको उपाधि भण्डारीलाई


राजाराम पौडेल,पोखरा – पोखरामा भएको दृष्टिविहिन एकल गायन प्रतियोगीताको उपाधि उमेश भण्डारीले जिते । प्रतियोगीतामा भाग लिएका ३३ जना प्रतियोगी मध्ये अब्बल बन्दै उनले उपाधि जितेका हुन् । प्रतियोगीतामा फस्टरर्नस अप विशाल बस्ताकोटी, सेकन्ेड रनर्सअप हिता गुरुङ र सरिता घिमिरे थर्ड रर्नसअप बने ।

प्रतियोगीताको निर्णायकमा नवराज बराल, तिर्थराज पोख्रेल र सुकु हिराचन रहेका थिए । प्रतियोगीले विभिन्न प्रकारका गीत गाउदै आफ्नो प्रतिभा देखाए । प्रतियोगीतामा जन्मथलो र कर्मथलो कास्की बनाएका दृष्टिविहिन गायकगायिकाले भाग लिएका थिए । रोटरी क्ल्ब अफ पोखरा अन्नपुर्णको आयोजनामा प्रतियोगीता भएको हो ।