मोडलिङ तथा फोटोसुटमा रमाउदै सविता


राजाराम पौडेल,पोखरा –  पोखराको फुलबारीमा जन्मिएकी सविता बाँस्तोला ‘सब्बु’ हाल अष्ट्रेलियामा छन् । सानैदेखि मोडलिङ तथा फोटोसुटतर्फ झुकाब राख्ने उनी हाल आफ्नो ‘प्यासन’ अष्ट्रेलियामा बसेरै पुरा गरेकी छन् । कामबाट फुर्सद भएको समयलाई सदुपयोग गर्दै उनले फोटो सुट र भिडियोमा अभिनय गर्ने क्रमलाई तिव्रता दिन थालेकी छन् ।

उनको यो यात्रामा जीवनसाथी सविन किशोर मैनालीको साथ महत्वपुर्ण बनिरहेको छ । पोखराको प्रतिभा उच्चमावीबाट प्रवेशीका उत्तीर्ण गरी पि.सि.एल. नर्सिङ अध्ययन पश्चात उनी अष्ट्रेलिया हानिएकी हुन् । फोटो सुट र भिडियोमा गरेको अभिनयबाट सकारात्मक प्रतिक्रिया पाउन थालेपछि उनी उत्साहित बनेकी छन् ।

बुबा कृष्ण प्रसाद बाँस्तोला र आमा पार्वती बास्तोलाको पहिलो सन्तानको रुपमा जन्मिएका उनका परिवारमा एक भाई नविन बाँस्तोला छन् । उनका बुबा,आमा र भाई हाल इटालीमा रहेका छन् ।

यतिबेला उनले अभिनय गरेको ‘यो मनले के भन्छ’ गीत सार्वजनिक भएको छ । १२ वर्षिए गायिका आयुष्का खनियाको आवाज रहेको गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।

सुदिप सिँहको एरेन्जमा सुरज लाल जोशीले यो गीत रेर्कड गरेका हुन् । शब्द र संगीत सञ्जिव सिँहको रहेको गीतको भिडियोमा सवितालाई शिव दर्शनधारीले साथ दिएका छन् । सविन किशोर मैनालीले निर्देशन गरेको भिडियो अष्ट्रेलियाको राजधानी क्यानबेराको सुन्दर दृश्य देख्न सकिन्छ । स्क्रिम्स क्रियसनको व्यानर भिडियो तयार भएको हो । दर्शकको माया र साथ पाएमा निरन्तर मोडलिङ क्षेत्रमा लाग्ने योजना सविताले बनाएकी छन् ।