संघीयता बलियो बनाउन देश आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड


पोखरा – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीयता बलियो बनाउन देश आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको सातक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानको कार्यान्वयन गदै देशलाई आर्थिक समृद्धिको यात्रामा अगाडी बढाउनुपर्ने बताउदै अवपनि निराश हुनुपर्ने र राष्ट्रले गति लिन नसके नोक्सान हुने बताए ।

‘अव पनी देशले स्पष्ट दिशा निर्देश गरेर आर्थिक समृद्धि गर्न नसके देशले नोक्सान र क्षर्तीको सामना गर्नुपर्ने हुन्छ, त्यसैले संघीयतालाई दिगो र सफल बनाउन आर्थिक समृद्धि र विकासलाई तिव्र गतिमा अगाडी बढनाउनुको विकल्प छैन ।’ उनले नेपालको कानुनमा रहेका झन्झटिला प्रक्रियाले भष्ट्राचार मौलाएको बताए । ‘आर्थिक अनियमितता रोक्न लामा र झन्झटिला प्रक्रिया बनाइको छ तर प्रत्येक पाइलामा भष्ट्रचार भैरहेको छ ।’ उनले भने विश्वका देशमा सवै भन्दा बढि प्रक्रिया नेपालमै गर्नुपर्छ, ती प्रक्रिया हेर्दा नेपालमा भष्ट्रचार नहुनुपर्ने हो तर सवै भन्दा बढि भैरहेको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले विधि बनाउन सहजताको भुमिका खेल्ने बताउदैे विधेयक बनाउने काम सरकारको बताए ।
विधेयक ल्याउने काम सरकारको हो, त्यसैले मैले कानुनमन्त्रीलाई रिवन काटने काममा जान छाडेर कानुन निर्माणमा जुटन आग्रह गरेको छु उनले भने । उनले संविधान कार्यान्वयन जटिल रहेको बताउदै कानुन निर्माण गर्दा प्राथमिकतालाई ध्यानमा दिएर गर्नुपर्नेमा जोड दिए । कानुनको अभावमा स्थानिय तह र प्रदेशले काम गर्न पाएका छैनन, त्यसैले पहिलो प्राथमिकता स्थानिय र प्रदेश कानुन निर्माणमा जोड दिइने बताए ।

राष्ट्रिय सभाको अध्यक्ष निर्वाचित भएपछि पहिलो पटक सार्वजनीक कार्यक्रममा बोल्दै उनले कर्मचारी तन्त्रले आदेश विना काम नगर्ने परिपाटी बसेका कारण समस्या देखिएको बताए । कर्मचारी काम नगर्ने लम्पटहरुको जमघट हुने ठाँउ भएको छ, कर्मचारीले आफनो डयूटी पुरा नगर्ने प्रबृत्ति रहेको टिप्पणी उनले गरे । उनले संचार माध्यम बलियो हुनुपर्ने बताउदै आग्रह पुर्वाग्रह नराखी सत्य र तथ्यमा आधारित समाचारलाई प्राथमिकता दिन आग्रह गरे । उनले सधै नकरात्मकता मात्रै नभई सकरात्मक हुनपनि संचार माध्यमलाई सुझाव दिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।