इजरेलद्वारा गाजामा पुनः हवाइ आक्रमण


बिबिसी नेपाली-

इजरेलले सुरुङ लगायतका निशानाहरुमा आक्रमण गर्ने जनाएको छ
दुई पक्षबीचको तीन दिने युद्धविराम सकिनासाथ गाजा क्षेत्रबाट रकेट प्रहार हुन थालेपछि त्यसको प्रतिकारमा इजरेलले शुक्रबार पुनः हवाइ आक्रमण शुरु छ।
प्यालेस्टिनी अधिकारीहरुले इजरेली आक्रमणबाट गाजामा एकजना बालक मारिएको र अन्य धेरै मानिसहरु घाइते भएको बताएका छन्।
रकेट प्रहारबाट इजरेलमा एकजना सैनिक र अर्का एक सर्वसाधारण घाइते भएका छन्।
रकेट प्रहारलाई इजरेली सैनिकले अस्वीकार्य, असह्य र अदूरदर्शी भनेको छ।

असफल
यसअघि प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्ना मागहरु पुरा गर्न इजरेल असफल भएको भन्दै युद्धविराम लम्ब्याउन अस्वीकार गरेको थियो। “आक्रमणबीच वार्ता हुन नसक्ने भन्दै इजरेली सरकारका अधिकारीहरुले इजिप्टको मध्यस्थतामा हमास र अन्य प्यालेस्टिनी समूहहरुसँगको वार्ताबाट बाहिरिएको बताएका छन्।”
गाजामा चार सातायता जारी द्वन्द्वमा करीब एक हजार ९ सय ४० जना मानिसको ज्यान गइसकेको छ, आक्रमणबीच वार्ता हुन नसक्ने भन्दै इजरेली सरकारका अधिकारीहरुले इजिप्टको मध्यस्थतामा हमास र अन्य प्यालेस्टिनी समूहहरुसँगको वार्ताबाट बाहिरिएको बताएका छन् । तर इजिप्टले दुवै पक्षलाई वार्ताको टेबुलमा फर्किन आग्रह गरेको छ।

बदला-
यसअघि इजरेली प्रतिरक्षा बलले रकेट प्रहारको बदलामा गाजामा रहेको भनिएका आतंकवादी निशानाहरुमा आक्रमण गरेको घोषणा गरेको थियो। स्थानीय समयअनुसार शुक्रबार युद्धविराम सकिनासाथ विद्रोही लडाकुहरुले बिहान ८ बजेदेखि गाजा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार शुरु गरेको बताइएको छ । इजरेली प्रतिरक्षा बलका अनुसार ३३ वटाभन्दा बढी रकेट र मोर्टारहरु प्रहार गरिएका छन् । इजरेली र प्यालेस्टिनी प्रतिनिधिहरु लामो समयका लागि युद्धविराम गर्न विफल भएपछि गाजा क्षेत्रमा पुनः हिंसा शुरु भएको हो।