कास्की समाज स्पेनले नयाँ बर्षमा शुभकामाना बाँड़दै, भित्तेपात्रो बिमोचन गर्ने


बार्सिलोना/ कास्की समाज स्पेनले नेपाली नयाँ बर्षको अबसरमा भित्तेपात्रो बिमोचन गर्ने भएको छ।स्पेनबासी नेपाली समुदायका लागि समाजले नेपाली भित्तेपात्रो ल्याउने भएको हो। दोस्रो अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिको पहलमा शुभकामाना आदानप्रदान सहितको पहिलो औपचारिक कार्यक्रमको आयोजना समेत गरिने भएको छ।

समाजका अध्यक्ष केदारनाथ ढुंगानाको संयोजकत्वमा समिति गठन गर्दै तयारी समेत थालिएको छ। उक्त समितिमा उपाध्यक्ष कुमार गुरुङ र कोषाध्यक्ष एकराज भण्डारी सदस्य रहेका छन्।

सल्लाहकार चयन,जिम्मेबारी बाँडफाँड

नयाँ निर्बाचित कार्यसमितिको आईतबार सम्पन्न पहिलो बैठकले बसन्त रानाभाटको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ। समाजका सल्लाहकारहरुमा दिनेश गुरुङ,राजेन्द्र कंडेल,पुष्प केसी,बेलकाजी गुरुङ र जीवनजंग राणा रहेका छन्।

यस्तै समाजले कार्यसमिति भित्र जिम्मेबारी बाँडफाँड गरेको छ। आर्थिक बिभागका लागि एकराज भण्डारी,सांस्कृतिक तथा खेलकुद संयोजकमा सुरेश भण्डारी,महिला तथा बालबालिकाका लागि शान्ता राणा,अनुशासन तथा बिधान संशोधनका लागि गोबिन्द तिमिल्सिनालाई जिम्मेबारी दिएको छ।

नयाँ कार्यसमितिका योजना के छन् त ?

स्पेनको बार्सिलोना बाहेक अन्य क्षेत्रमा बसोबास गर्ने कस्केलीहरुको समेत अभिलेख तयार गर्दै  क्षेत्रीय समितिहरुले गठन गर्ने समाजले जनाएको छ। यस्तै समाजले हरेक बर्ष कास्की जिल्लामा गर्दै आएको परोपकारी कामलाई निरन्तरता दिने भएको छ। स्पेनको नेपाली समुदाय माँझ हरेक बर्ष नेपाली संस्कृति र परम्परा झल्कने कार्यक्रम गर्ने तथा कस्केलीहरुको आबाज झल्कने गरी स्मारिका प्रकाशन गर्ने समेत समाजले निर्णय गरेको छ।

समाजको नियमित बैठक हरेक महिनाको दोस्रो आईतबार बस्ने निर्णय भएको छ।