असोक गुरुङको जोडीद्धारा पोखराको सहारा एकेडेमीलाई आर्थिक सहयोग


पोखरा –पोखरामा स्थाई घर भई हाल वेलायत बस्दै आएको  असोक गुरुङको जोडीले आफ्नो बैवाहिक जिवनको ३४ औं वसन्त प्रबेसको अवसरमा पोखराको सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ ।

वेजिङ स्र्टोक यु.के. मा रहेका १० नेपाली प्रवासि जोडीको समुह अन्र्तगत असोक गुरुङ र यशोदा गुरुङले आफ्नो ३४ औं वैवाहिक बर्षगाँठको अवसरमा ५१ हजार १ सय १ रुपैया सहारा एकेडेमीमा सहयोग हस्तान्तरण गरेका हुन ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ पुम्दी भुम्दी स्थाई घर भई हाल पोखरा पार्दीविरौटा निवासी असोकका बाबु क्याप्टेन टिक प्रसाद गुरुङ, आमा वेलकुमारी गुरुङको साथमा समुहका अभियान्ता समेत रहेकी सुदा गुरुङ र लाल प्रसाद गुरुङको जोडीलेले सहारा एकेडेमीको अक्षयकोषमा उक्त रकमको चेक बुधबार क्लवका अध्यक्ष केशव बहादुर थापालाई एकेडेमीमै पुगेर खाद्यान्न सामाग्रि सहित हस्तान्तरण गरेका हुन।

सुदा गुरुङले असोक गुरुङको जोडीले दिएको उक्त रकम उनका बाबु आमा तथा सासु, ससुरा सामु जानकारी गराउदै आफ्नो तर्फबाट ५ हजार सहयोग गरिन । साथै उनले समाजको बारेमा प्रष्ट्याउदै अगामी दिनमा यस्तै सामाजि कार्य गर्दै जाने बताइृन ।

एकेडेमी संचालक समितिका संयोजक विक्रम थकाली, समुहका लाल प्रसाद गुरुङ, तमुधिँ प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङ, आजिवन सदस्य रविन श्रेष्ठ लगायतले कार्यक्रममा बोल्दै यस्तै सामाजिक मनोभावना भएका व्यक्ति तथा संस्थाबाटै एकेडेमी संचालन हुदै आएको बताए ।

वेजिङ स्र्टोक यु.के. मा रहेका १० नेपाली प्रवासि जोडीको समुहले सन २०१२ देखि इभर ग्रिन ग्रुप यू.के.ले परिचित रहेको छ । उक्त समुले प्रत्येक बर्ष भ्यालेनटाईन डे को अवसरमा च्यारिटि डिनर कार्यक्रम गरी बतन हुने आउको रकमले नेपालको पुर्व देखि पशिचम क्षेत्रसम्म विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्र्देै आएको छ ।

उक्त मसुहले हालसम्म २५ लाख रुपैया यसरी सहयोग गरेको बताईन्छ । सन २०१८ आयोजित उक्त च्यारिटि सो कार्यक्रमबाट ५ लाख ७४ हजार २ सय १ रुपैया बचत गर्न सफल भएको थियो । गत बर्ष उक्त समुहले सहारालाई
करिब एक लाख सहयोग गरेको थियो ।