प्रदेश नम्बर ४ अन्य प्रदेश भन्दा पहिला समृद्धि हुन्छ : उपराष्ट्रपति पुन


पोखरा –  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रदेश नम्बर ४ अन्य प्रदेश भन्दा पहिला समृद्धि हुने बताएका छन । उनले भने “मलाई विश्वास छ, पर्यटनको केन्द्र, प्राकृतिक स्रोत साधनले भरिपूर्ण तथा मानवीय विकासका हिसाबले सबैभन्दा अगाडि रहेको यो ४ नं. प्रदेश सबैभन्दा पहिले समृद्ध बन्नेछ ।”

लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रिक ३२५ बी १ ले  पोखरामा आयोजना भएको ‘शतवार्षिकी समारोह, नागरिक अभिनन्दन तथा रथारोहण कार्यक्रम’ मा सम्वोधन गर्दै उपराष्ट्रपति पुनले उक्त कुरा बताएका हुन । नेपालको समृद्धिका लागि सरकार, नीजि क्षेत्र, लायन्स लगायतका सामाजिक संघ संस्थाहरुले बलियो सहकार्य गर्नु पर्ने बताउदै उपराष्ट्रपति पुनले जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, उद्योगधन्दा, भौतिक पूर्वाधार निर्माण समृद्धिका मुख्य आधार भएको दाबी गरे ।

नेपालको संविधानले सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मूख अर्थतन्त्र विकास गर्ने लक्ष्य लिएको बताउदै उपराष्ट्रपति पुनले अलमल नगरी त्यस दिशातर्फ राज्यका सबै अंग र निकाय परिचालित हुनु पर्नेमा जोड दिए । उनले भने “ अब समृद्धिका लागि प्रतिस्पर्धा हुनुपर्दछ , अब प्रदेशहरुले, स्थानीय तहहरुले समृद्धिका लागि स्वच्छ, सहयोगात्मक र रचनात्मक प्रतिस्पर्धा गर्नुपर्दछ । ” अबको नेपाली युग भनेको आर्थिक समृद्धिको युग भएको बताउदै उनले प्रत्येक नेपालीको आर्थिक सामाजिक रुपान्तरण सहितको समुन्नत र समृद्ध नेपाल निर्माणका लागि सबैले हातेमालो गर्ने युगको रुपमा लिनु पर्ने बताए । उनले भने“ आर्थिक समृद्धिका लागि म सबैलाई हातेमालो गर्न अपील गर्न चाहान्छु । ”

उनले भने “यो यात्रामा लायन्सहरुको भूमिका अझै फराकिलो भएर जानुपर्दछ , विभिन्न विधामार्फत नेपालको नाम उच्चो राख्न योगदान पु¥याउनुभएका आजका सम्मानित व्यक्तित्वहरुसँग समृद्धद्धिका लागि उच्च योगदान रहेने राष्ट्र र जनताले अपेक्षा गरेको छ , म समृद्धिको यात्रामा सहकार्य गर्न सबै पक्षलाई पुनः अपील गर्न चाहान्छु । ”