होली खेल्ने क्रममा घरको छतबाट खसेर पोखरामा वालकको मृत्यु


पोखरा – होलीको रमाइलोमा रमाउदै गर्दा पोखरामा एक जना वालकको ज्यान गएको छ । असावधानीवस होली खेल्ने क्रममा घरको छतबाट खसेर ११ बर्षीय वालकको मृत्यु भएको हो ।

कास्की प्रहरीका अनुसार होली खेल्नेक्रममा घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी मृत्यु भएको छ ।

छतबाट खसेका उनको उपचारका क्रममा फिस्टेल अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए । दुई तले घरको छतबाट खसेका उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनी गण्डकी बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत थिए ।