वास्तोला परिवारद्धारा ३० लाखको जग्गा दान


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ निवासी वास्तोला परिवारले स्वर्गिय भक्तुप्रसाद वास्तोलाको स्मृतिमा पिपलडालीमा रहेको तिस लाख वरावर मुल्यको जग्गा दान गरेका छन् ।

शुक्रबार स्वर्गिय वास्तोलाका श्रीमति धनकुमारी वास्तोला, छोरा रामप्रसाद वास्तोला, बुहारी जुना वास्तोलाले ओडारे पिपलडाली आमा समुहकी अध्यक्ष सरस्वती वराललाई उक्त जग्गामा आमा समुहको भवन निर्माणको लागि जग्गा दिने भएका हुन्।

पोलेमनपा २२ पिपलडालीमा रहेको लुकुमस्वारा कि.नं. २४२ को जग्गा मध्ये भोगचलन गर्दै आएको ३० लाख पर्ने आठ आना जग्गा आमा समुहलाई भवन निर्माणको लागि दिएको छोरा रामप्रसाद वास्तोलाले वताए ।

आमा समुहकी अध्यक्ष वरालले वास्तोला परिवारले लगाएको गुन कहिल्यै कसैले पनि नभुल्ने वताउँदै आमा समुहले उक्त जग्गामा भवन निर्माणको लागि पहल गर्ने वताईन् ।