पोखरा ट्रेड मलमा‘ह्याप्पीक्लोजेट’ बुटिक संचालनमा


पोखरा – पोखरा ट्रेड मलमा‘ह्याप्पीक्लोजेट’नामक बुटिक आइतबारदेखि संचालनमा आएको छ । अनौपचारिक रुपमा यस अगाडि नै संचालनमा आईसकेको बुटिकलाई संचालकले आइतबारदेखि औपचारिक रुपमा संचालनमा ल्याएका हुन् ।

आईतबारदेखि संचालनमा आएको बुटिकको उद्घाटन मानवमिलननारी जागरण समूहकी अध्यक्ष सबिता बरालले गरिन् । एक विशेष समारोहकाबीच बरालले रिबन काटेर बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका संचालकलाई सफलताको शुभकामनादिईन् । ‘विशेषगरि महिलाहरुको व्यक्तित्व र नेतृत्वविकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ । यसले महिलाहरुको व्यक्तित्वविकाससँगै उनीहरुलाई स्वरोजगार बनाउनपनिभुमिका खेलिरहेको छ ।’ बरालले भनिन्–‘बुटिकका संचालकलाई व्यवसायिक रुपमापनियसले फाईदा पु¥याओस् भन्ने म शुभकामनादिन चाहन्छु ।’

‘ह्याप्पीक्लोजेट’ बुटिक स्नेहा गुरुङले संचालनमाल्याएकीहुन् । बेलायतबाट बुटिक डिजाईनसम्बन्धिअध्ययन सकेर फर्केपछि उनले नेपालमै यसलाई व्यवसायिक रुप दिएकीहुन् । साँस्कृतिकपहिरनदेखि अन्तराष्ट्रिय ट्रेन्डमा चलेका सम्पूर्ण खाले पहिरनहरु ‘ह्याप्पीक्लोजेट’मा तयार हुने संचालक स्नेहा गुरुङले दाबीगरिन् ।

पहिरन पारखीहरुकालागि‘ह्याप्पीक्लोजेट’ रोजाईको बुटिक बन्न सक्ने संचालकको दाबी छ । ‘हामीग्राहकको रोजाईअनुसार र उनीहरुको शारिरीकबनोटसँग मिल्ने गरि पहिरनको डिजाइन गर्छौँ । र, तुलनात्मक रुपमाहामीअरुभन्दासस्तोका साथै गुणस्तरका सामानउपभोक्तामाझ पु¥याईरहेका छौँ ।’ संचालक गुरुङले बताईन् । करिब ५५ लाख रुपैयाँलगानीमा शुरु भएको बुटिकले लगानीअझै विस्तार गरिरहेको छ । हाल बुटिकमा ६ जनाले रोजगारी पाएका छन् ।

आईतबार भएको बुटिकको शुभारम्भ कार्यक्रममा संचालक स्नेहाकाबुवाचित्रबहादुर लेकाली गुरुङले आफ्नी छोरीले विदेशमाअध्ययन गरेर नेपालमै फर्केर व्यवसाय शुरुवात गरेको आफूलाई निकै मन परेको बताए । छोरीको पौरखबाट आफु निकै खुशीभएको प्रतिक्रियादिँदै उनले बुटिक व्यवसायमाआफ्नी छोरी स्थानिपतभएको हेर्न चाहेको बताए । त्यस्तै संचालककी आमा पञ्च प्यारी गुरुङले पनि छोरीलाई आर्शिबाददिईन् ।

शुभारम्भ कार्यक्रममा पोखरा ट्रेड मलका व्यवस्थापक माधव तिमिल्सिना, गुरुकुलम्यूजिक सेन्टरकातीर्थराजपोखरेल, टोल विकास संस्था वडा नम्बर ९ काअध्यक्षउत्तमजोशीलगाएतले बुटिकको व्यवसायिक सफलताको कामना गरेकाथिए । कार्यक्रमअस्मिता गुरुङले संचालन गरेकीथिईन् ।