प्रदेश ४ को सरकारले प्रदेशलाई आवश्यक कानुन र बजेटलाई जोडदिदै तयारी थाल्यो


?

पोखरा –  प्रदेश ४ को सरकारले प्रदेशलाई आवश्यक कानुन र बजेटलाई जोड्दिदै तयारी थालेको छ । प्रदेशको विकासका लागि स्वास्थ्य, ठुला पुर्वाधार निमार्ण, विद्युत विस्तार, खानेपानी, कानुन निर्माण र बजेटको तयारी तिब्र पारेको बताएका छन् । यतिबेला सरकारको पूर्ण ध्यान कानुन निर्माणतर्फ केन्द्रित छ ।

यसका लागि क्याविनेट बैठकबाटै मस्यौदा समिति गठन गरेर अगाडी बढेको सरकारका प्रबक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले जानकारी दिए । उनले ४ नम्बर प्रदेशका लागि ६१ वटा कानुन निर्माणको तयारीमा रहेको सरकारको उनको भनाई छ । संविधान र प्रदेश सरकार सञ्चालन कार्यविधिले तोकेका कानुनहरु निर्माण हुने उनको भनाई छ । ‘कानुन बनाएपछि हामीले हाम्रो क्षेत्राधिकार बारे थाहा पाउछौं । त्यसपछि बजेट तथा कार्यक्रम ल्याउन सजिलो हुने उनले बताए ।

उनले फागुनभित्र कानुनको मस्यौदा तयार गरि चैत मसान्त सम्म प्रदेशको कार्यक्रम सहितको बजेट तयार ल्याउने गरी काम भईरहेको बताए । आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्री हरिबहादुर चुमानको संयोजकत्वमा प्रदेश कानुन बनाउनका लागि प्रदेश मन्त्रीस्तरीय बैठकबाट ४ सदस्यीय मस्यौदा समिति समेत गठन भैसकेको छ ।

समितिले फागुन मसान्तभित्रै मस्यौदा तयार गर्ने र बैशाख सम्ममा आवश्यक सबै कानुन तयार भैसक्ने बस्नेत बताउँछन् । सरकारले चालु बर्षदेखि नै नीति तथा कार्यक्रम सहितको बजेट ल्याउने तयारी थालेको उनको भनाई छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको बैठकबाटै सरकारले फाष्ट ट्रयाकमा बजेट साजर्वजनिक गर्ने बताएका थिए ।

एक साता भित्रै दुई पटक मन्त्रीपरिषदको बैठक बसिसेको छ । बैठकले दुई बषभित्र प्रदेशका सबै घरमा बिद्युत र शुद्ध पिउने पानी पु¥याउने, ५ बर्षभित्रमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण र प्रदेशका सबै स्थानीय तहको केन्द्रसम्म प्रदेश राजधानीको सडक पहूँच विस्तार गर्ने र अन्तराष्ट्रिय स्तरको खेलमैदान निर्माण, मुटु, मृगौला लगाएतका रोगको उपचार केन्द्र निमार्ण गर्ने योजना सरकारले अगाडी सारेको छ । यसैका लागि मंगलबारको बैठकले विभिन्न ५ वटा समिति गठन गरेर काम थालिसकेको प्रबक्ता बस्नेतले बताए । तर ७ सदस्यीय रहने भनिएको मन्त्री मण्डलले चार सदस्य भन्दा बढि पाउन सकेको छैन ।