प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते


काठमाण्डौ – प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ अधिवेशन सुरु हुने अघिल्लो दिन फागुन २० गते हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ का लागि संघीय संसद्को अधिवेशन आहवान गर्नुभएपछि त्यसको एक दिन अघि सपथ गराउने तयारी संघीय संसद् सचिवालयले गरेको हो ।

सचिवालयका प्रवक्ता भरत गौतमले एकै दिन फरक–फरक समयमा दुवै सभाको शपथ कार्यक्रम तय गरिएको बताउनुभयो । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् । , आजको कान्तिपुर दैनिकमा खबर छ ।