यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कारबाट तझ्या पुरस्कृत


पोखरा ५ फागुन। मानवअधिकार पत्रकार संघ हुर्जाÂारा सञ्चालित प्रदेश ४ स्तरिय यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कारबाट प्रमिला तझ्या पुरस्कृत भएकी छन्।

शनिवार एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि राष्टिझय मानव अधिकारी आयोग क्षेत्रीय कार्यालय पोखराका नि. निर्देशक नितु गर्तौलाले नगद १५ हजार १५, सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण गरिन्।

प्रमुख अतिथि गर्तौलाले विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यले दिदीबहिनीका अवस्थालाई बुझ्नका लागि सहज बनाएको बताउँदै सम्मानित व्यक्तित्वको बाँकी जीवनको सफलताको कामना गरिन्।

स्रष्टाको परिचय राख्दै संस्थाका उपाध्यक्ष असफल गौतमले जून नारायण श्रेष्ठ र सुनमायाका कोखबाट जन्मेकी प्रमिला तझ्या अँध्यारामा पूर्णिमाको जून र उज्यालामा सूनको रुपमा चम्किरहेको प्रतिभाका रुपमा प्रस्तुत गरे।

सम्मानित स्रष्टा तझ्याले आफ्नो जीवनमा दश दश वर्षको अन्तरालमा नयाँ परिवर्तन आएको स्मरण गरिन्। उनले समुन्नत समाज निर्माणका लागि आफू आजीवन लडिरहने बताइन् ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराका संयोजक शिव खकुरेल, शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बराल, पुरस्कारका संस्थापक सविन जिसी, हुर्जाका संस्थापक अध्यक्ष कृष्ण अन्जान ज्ञवाली, शुक्ला साहित्य समितिका अध्यक्ष कुलबहादुर केसी, यशकुमारी जिसीकी सहपाठी निर्मला शर्मा अर्याल, अपा™्गता स्वावलम्बन समाज लामाचौरका अध्यक्ष रमेश कार्कीलगायतले बोलेका थिए।

समाजसेवी सविन जिसीले सोही समारोहबीच अपा™्गता स्वावलम्बन समाज लामाचौरका लागि २५ हजार, शहरडहर सामुदायिक बहुउद्देश्यीय भवन निर्माणका लागि एक लाख, र कालिका बहुउद्देश्यीय समाजघरका लागि पाँच हजार सहयोग गरे।

समाजसेवी सविन जिसीले एस फाउण्डेशनको घोषणा गर्दै कोषमा हाल पाँच लाख रहने र सिमान्तकृत समुदायको उन्नयनका लागि विविध कार्य गर्ने बताए।