सत्याकृत व्याण्डको भजनमा घन्कियो पोखरा


राजाराम पौडेल,पोखरा – मंगलबार पोखरा लेकसाइडको हल्लनेचोकमा सत्याकृत व्याण्डको भजन घन्कियो । लाइभ प्रस्तुती राख्दै भजनमय माहोल बनाउँदा उपस्थित स्थानियले मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकको अपार साथ व्याण्डले बटुल्यो । शिवरात्रीको साँझमा रक तथा लोक भजनको साथमा रम्न पाउँदा उपस्थितले नौलो अनुभुती गरे । व्याण्डको प्रस्तुतीमा दर्शक रम्दा माहोल रमणिय बन्यो ।

झन्डै दुई घण्टाको प्रस्तुतिमा ओम नम शिवाय, डम डम, हानेस गणनायक, जय नेपाल, चौरासी लाख चक्कर, घिन्ताङ, भोले बाबा, सत्यलाई संकट, शिव कलियुगमा लगायतका झण्डै दुईदर्जन भजन सुनाउँदा दर्शकको जोशमा कमी आएन । दर्शकले भजनमा नाँच्दै स्वरमा स्वर मिलाउदै साथ दिइरहे । आध्यात्मिक सांगीतिक व्याण्ड सत्याकृतले प्रेरणादायी, सकारात्मक भाव सहितका शब्द संयोजन भएका पूर्वेली, पश्चिमेली शैलीका गीत, भजन प्रस्तुत ग¥यो ।


फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको आयोजना तथा सामुदायिक सेवा केन्द्र वैदामको सहयोगमा भएको कन्र्सट हेर्नकोे लागि निशुल्क प्रवेशको व्यवस्था थियो ।