महाशिवरात्री साँझमा रोविन र भाष्करले झुमाए


राजाराम पौडेल,पोखरा – महाशिवरात्रीको विस्तारै छिप्पिदै गरेको रात । घडिमा पौने नौ बजेको छ । पोखरा लेखनाथ १५ शिव टोलमा कानमा मुन्द्रा, उनीको कालो टोपी, कालो पाइन्ट, कालो लेदरको जकेट लगाइ, साइडमा सानो व्याग भिरेका, दाह्री सेते फुलेका एक व्यक्ति स्टेजमा देखिए । उनी थिए नेपाली रक व्याण्ड रोविन एण्ड द न्यु रिभुलुसन मुख्य भोकलिष्ट रोविन तामाङ । उनलाई पहिलोपटक देखेकालाई उनको प्रस्तुती कस्तो हुने हो कौतुहलता थियो ।

हेर्दा बुढ्यौलीले छोएकोजस्तो देखिएपनि जोशिलो पारमा ठट्टा गर्दै स्टेजमा प्रस्तुत भए । अनि माहोल गर्मिन थाल्यो । आफ्ना व्याण्ड मेम्बरको साथमा पोखरेली दर्शकमाझ देखिएका उनले आफ्नो प्रस्तुती मार्फत दर्शकको ध्यान खिच्न सफल बने । नेपाल, जति माया लाए पनि, चिसो चिसो हावामा, म मौनतामा, तिम्रो दिन, पहिलो नाम लाहुरे दाइ, देखे मैले र एउटा अग्रेजी गीत गरी ९ वटा गीत सुनाउदै दर्शकलाई मात्र उफाररेनन् आफु पनि उफ्रिए । उनको जोशिलो आवाजमा गीत सुन्न पाउँदा उपस्थित दर्शक खुशी देखिन्थे ।

कोहि नाच्दै, कोही गाउदै, कोही उर्फदै रोविनलाई साथ दिए । माहोल ताँतीएपछि चिसो मौसममा लगाएको जकेट र स्विटर खोलेर प्रस्तुती राख्दै गरेका उनको अनुहारमा पसिनै पसिना देखिन्थ्यो । उनी यतिसम्म जोशिएकी बजाइरहेको गीतारको सबै तार फुस्किएको पनि पत्तै पाएनन् ।


महाशिवरात्रीको अवसरमा आयोजित कन्सर्टमा यसअघि आफ्नो होम टाउनका दर्शकमाझ देखिएको डिमोर्चा व्याण्डको प्रस्तुतीलाई पनि दर्शकको राम्रो साथ मिल्यो । डिमर्चा व्याण्डका मुख्य भोकलिष्ट भाष्करध्वज श्रेष्ठ व्याण्डको साथमा प्रस्तुती राख्न स्टेजमा देखिएसँगै घरेलु दर्शकको माया पाइहाले । कोहि छ किन्ने, झ्याम्मै चौतारी, कैलासमा, झयाम्म, झ्याम्म, यो डल्लिले, नयाँ नेपाल, झिल्के ठिटो, तारा खसौली, जन्मायौ प्रभु किन लगायतका गीत सुनाउदै भाष्करले माहोल तताँए ।


सुरेश वानियाले आयोजना गरेको यो कन्र्सटमा सागर शाह एण्ड काडेन्स र एल्बिन थापाको प्रस्तुती थप आर्कषणको रुपमा थियो ।