प्रदेश नं. ४ को प्रदेश सभामुखमा नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित


पोखरा – प्रदेश नं. ४ को प्रदेश सभामुखमा नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभाको विहिबार बसेको बैठक दोश्रो बैठकले अधिकारीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । प्रदेश सभाकाबैठकमा अधिकारीलाई सभामुखमा निर्वाचित गराउन प्रदेश ४ का माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले प्रस्ताव गर्नुभएको थियो भने एमाले साँसद किरण गुरुङले समर्थन जनाउनु भएको थियो । संसदमा समर्थन गदै सांसद गुरुङ बाम गठबन्धन अनुसार माओबादी केन्द्रका सांसद अधिकारीलाई सभामुखमा समर्थन गरेको बताउनुभयो ।

सभामुखको निर्वाचन कार्यतालिका अनुसार बुधबार बाम गठबन्धनबाट अधिकारीको मात्र मनोनयन दर्ता भएको थियो । निर्धारित समयमा अन्य पार्टीका सांसदले उम्मेदवारी नदिएपछि अधिकारी निर्वाचित हुनुभएको हो । माओवादी केन्द्रका उम्मेदवार भएर अधिकारी पर्वतबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । सभामुख निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले आजैदेखि पार्टीको जिम्मेवारीदेखि मुक्त भएर साझा व्यक्तिका रुपमा काम गर्ने बताउनुभयो । उहाँले सभामुख साझा पद हो, त्यसैले कानुनको पालना गदै पक्ष विपक्ष हुदैन् साझा ब्यक्ति भएर काम गर्ने छु । उहाँले भन्नुभयो मेरो सक्रिय राजनीतिक जीवन आजैदेखी अन्त्य भएको छ, आजै पार्टीका सवै जिम्मेवारीबाट मुत्त भएको छु ।

नवनिर्वाचित सभामुख अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सपथ ग्रहण शुक्रकार विहान हुने भएको छ । प्रदेश प्रमुखको निवासमा हुनेछ प्रदेश प्मुखले सपथ गराउने कार्यक्रम छ । यसैवीच बैठकले ६ फागुनमा प्रदेश सभाको बैठक हुने छ । उक्त बैठकले उपसभामुखको निर्वाचन गर्ने छ । उपसभामुखका लागी एमाले सांसद सृजना शर्मा र मित्रकुमारी गुरुङ आकाङक्षी रहनु भएको छ । तर अहिलेसम्म उपसभामुखको उम्मेदवार टुङगो नलागेको एमाले सांसद एवं कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।