सौराहाको होटल सेभेन स्टारले स्पेनमा पायो ‘अन्तराष्ट्रिय अवार्ड”


स्पेन/  होटल सेभेन स्टार सौराहाले “अन्तराष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालिटी अर्वाड २०१८” जितेको छ। स्पेनको ग्लोबल ट्रेड क्लबले आईतबार आयोजना गरेको कार्यक्रममा नेपालको पर्यटकीय नगरी चितवनको सौराहामा रहेको होटलले अन्तराष्ट्रिय अवार्ड जितेको हो। उच्चस्तरीय सेवा प्रदान गरेका कारण अर्वाड प्रदान गरिएको स्पेनको ग्लोबल ट्रेड क्लबले जनाएको छ। विश्वका १ सय ५० उत्कृष्ट होटलहरुलाई अवार्ड प्रदान गरिएको छ।

एक भब्य समारोह बिच भएको कार्यक्रममा पुगी स्पेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एकराज गिरीले उक्त अवार्ड लिएका थिए। नेपाली होटलले बिश्व स्तरीय अवार्ड पाउनु गर्वको कुरा रहेको बताउँदै यसले नेपालमा पर्यटन क्षेत्रमा ठुलो सहयोग पुग्ने उनले प्रतिक्रिया दिए।

नेपालको तेश्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा ‘सेभेन स्टार’ नामक दुई तारे होटल ४ बर्ष अघि संचालनमा आएको  थियो । १६ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको होटल साढे २ विगाहा जमिनमा फैलिएको छ। होटलमा एट्याच बाथरुम सहितका ४८ वटा कोठाहरु रहेका छन् ।